---Advertisement---

फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको सकुशल उद्धार

On: December 1, 2025 8:15 AM
Follow Us:

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् । भैरहबाबाट मालिका गाउँपालिका–६ दरबाङका लागि सिमेन्ट बोकेर आउँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक चालकले साँधुरो बाटोमा नियन्त्रण गुमाउँदा करिब ६० मिटर तल खसेका थिए ।


सोमबार कात्तिक १५ गते विहान साढे दुई बजे समयमा प्रहरी चौकी.सिंगातातोपानीबाट गएको प्रहरी सहायक निरीक्षक दिवाकर सुबेदीको नेतृत्वमा ट्राफिक सहित ३ जनाको प्रहरी टोली, जिप्रका म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिना सहितको १० जनाको टोलीले चालकलाई उद्धार गरी प्रदेश अस्पताल बेनीमा ल्याइएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बेनीअनलाइनलाई बताउनुभयो ।

प्रहरीको टोलीले नदीमा पसेर जोखिमपूर्ण अवस्थामा रहेका चालकलाई बाहिर निकालेका थिए । जोखिम उद्धारको तालिमप्राप्त टोलीले नदीमा खसेको ट्रकबाट चालकलाई बाहिर निकालेको प्रनाउ थापाको भनाई छ ।


ट्र«क चालक पाल्पा तानसेन नगरपालिका–८ मदनपोखराका ३४ बर्षिय गोबिन्द बहादुर खाम्चाको निधार,शरिरको बिभिन्न भागमा चोट देखिएको छ । दुर्घटना लगत्तै प्रहरीको टोली समयमै पुगेकाले मानवीय क्षती हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन् । फाँपरखेतमा माथिल्लो क्षेत्रमा चर्किएको र नियमित ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सडकमाथि करिब २ सय मिटर सडक पहिरोग्रस्त छ । सडकखण्डबाट यसअगाडी पनि ट्रक खसेको थियो ।

Leave a Comment