---Advertisement---

तेस्रो मोना भलिवल कपको च्याम्पीयन तनहुँ सेवा समाज

On: December 1, 2025 1:42 PM
Follow Us:

तेस्रो मोना भलिवल कपको च्याम्पीयन तनहुँ सेवा समाज मोना भलिबल प्रतियोगिता २०२५ को च्याम्पियन तनहुँ सेवा समाज यूएई बनेको छ। म्याग्दी प्रवाशी नेपाली संघ, राष्ट्रिय कार्यसमिति यूएईले दुवैस्थित अलनासर क्लवको खेलमैदानमा नोभेम्वर ३० तारिख आईतबार सम्पन्न गरेको भलिबल प्रतियोगितामा कर्णाली भलिबल यूएईलाई पराजित गर्दै तनहँु सेवा समाज च्याम्पियन बनेको हो ।

भलिबलप्रेमी नेपाली दर्शकहरु उपस्थित भएको प्रतियोगिताको प्रतिस्पर्धात्मक फाईनलमा पहिलो र तेस्रो सेट कर्णालीले जितेको थियो भने तनहँुले दोस्रो, तेस्रो र अन्तिम सेट जित्दै उपाधी सुरक्षित गरेको थियो । दर्शकको अनुमानलाई उल्टाउन गण्डकी प्रदेशका पूर्व भलिबल खेलाडी मिलनचन्द्र ठकुरीले उतकृष्ट खेल प्रर्दशन गरेका थिए । प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।

भलिवल प्रतियोगितामा विजेता हुने तनहुँलाई ५ हजार ५५५, उपविजेता हुने कर्णालीलाई ३ हजार ३३३ डिरामसहित कप, मेडल र प्रमाणपत्रले पुरस्कृत मोनाले गरेको थियो । प्रतियोागितामा विजेता, उपविजेता, उतकृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई सम्मान गरिएको थियो ।प्रतियोगितामा सहभागि टिमबाट उतकृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई उजोबा, ब्युट्री क्लिनिकका सौन्द्रर्यका सामाग्रीहरु उपहार स्वरुप दिएको थियो ।

प्रतियोगितामा विजेता र उपविजेता र सहयोगदातहरुलाई सम्मान गर्न मोना यूएईका संरक्षक प्रदिप सुवेदी, प्रकाश कार्की, निर्वतमान अध्यक्ष सुवास राम्जाली, अध्यक्ष काजीमान बुढाथोकी र कार्यसमितिका पदाधिकारी लगायतको उपस्थित थियो ।
प्रतियोगितालाई सफल बनाउन सहभागि छिमेकी जिल्ला लगायत विभिन्न संघसंस्थाका अतिथि, खेलाडी, आर्थिक सहयोग गर्ने ब्यक्तित्व एवम् मोनाका संक्रिय सदस्यहरुलाई अध्यक्ष काजीमान बुढाथोकीले धन्यवाद दिएका छन् ।

Leave a Comment