चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीय स्थल खोप्रा–घोरेपानी पदयात्रामा निस्किएकी एक जर्मनी पर्यटक मृत भेटिएकी छन् । अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता गएको मङ्सिर ९ गतेबाट बेपत्ता ३७ बर्षिय वाइसर एस्ट्रिड एलिजाबेथको अन्नपूर्ण–५ स्थित बङ्करको भिरभन्दा करिब १ सय ६० मिटर तल निगालोको झाडीभित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।
पर्यटक बेपत्ता भएपछि खोजीमा जुटेका पथप्रदर्शक सहितको टोलीले शब भेटाएको हो । नोभेम्बर १० तारिकमा काठमाण्डौबाट लम्जुङ जिल्लाको बेशीशहर हुदै नोभेम्बर २२ तारिकमा खोप्रा लजबाट सम्पर्कमा आएपनि त्यसपछि सम्पर्कविहिन भएपछि खोजीकार्य गरिएको थियो । मृतक एलिजाबेथको शव परीक्षणका लागि काठमाडौँ पठाइनेको छ भने घटनास्थलमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खोप्रोमा एक रात बास बसेर दोबाटोतिर एक्लै जाँदै गर्दा बेपत्ता भएपछि भीरबाट खसेको हुनसक्ने अनुमान गरिएको छ । पर्यटकलाई यात्रामा निस्किदा पथप्रर्दशन लिएर जान समेत प्रहरीले अनुरोध गरेको छ । पदयात्रामा एक्र्लै पर्यटक हिड्न नपाउने नियम भएपनि उल्लंघन गर्ने गरिएको छ ,। ीवगतमा पनि एक्लै पदयात्रामा निस्किने पर्यटक हराउने तथा उद्धारमा समेत निकै समस्या हुने गरेको थियो ।











