गएको नोभेम्बर महिनामा १ लाख १६ हजार ५ सय ५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको हो । जसमा नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ९ सय ९५ पर्यटक भित्रिएका छन् ।
त्यसैगरी संयुक्त राज्य अमेरिकाबाट ११ हजार २ सय ५४ जना, चीनबाट सात हजार ८ सय ७१ जना, बेलायतबाट सात हजार १ सय ८९ जना, बङ्गलादेशबाट पाँच हजार ६ सय ५३ जना, अष्ट्रेलियाबाट पाँच हजार ३ सय ९३ जना, श्रीलङ्काबाट चार हजार ८ सय ३१ जना, म्यानमारबाट चार हजार ४ सय ८४ जना, फ्रान्सबाट चार हजार २ सय ११ जना र जर्मनीबाट चार हजार १ सय ३४ पर्यटक भित्रिएका हुन् ।












