ए डिभिजन खेलेका खेलाडी सहभागि बागलुङमा जारी तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगितामा घरेलु टिम बागलुङलाई पराजित गदै बेनी नगरपालिकाले २–१ को जित निकालेको छ । आयोजक बागलुङ नगरपालिकाका दुई टिममध्ये ए डिभिजन खेलको अनुभव भएका खेलाडीलाई मैदानमा बेनी नगरपालिकाले सानदार खेल प्रर्दशन गरेको छ । बागलुङ नगरपालिका ९सेतो०लाई १–२ गोलअन्तरले पराजित गर्दै बेनी नगरपालिका म्याग्दी अन्तिम चारमा प्रवेश गराउन बिनम थजालीले उत्कृष्ट दुई गोल गरे । खेलको पाँचौं मिनेटमा बेनीका बिनम थजालीले गोल गर्दै बेनीलाई अग्रता दिलाएका थिए ।

बिनमले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । म्याग्दीमा हुने खेलमा लोकप्रिय मानिने विनमले खेलको ७१ औं मिनेटमा व्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गरे । बिनमले डिबक्समा डिफेन्डर र किपरलाई बिट गर्दै गोल गरेका थिए । बेनी नगरपालिका वडा नं ८ कालिपुलका बिनमले बगुवाखोलामा अध्ययनरत अपाङ्ग एक बालकलाई फुटबल सिकाएर भाइरल समेत भएका थिए ।
सामाजिक कार्यमा समेत निकै रुची भएका बिनमले बागलुङमा देखाएको खेलको निकै प्रशंसा भइरहेको छ । बेनी नगरपालिकाबाट खेल्ने अधिकांस म्याग्दीकै खेलाडी छन् । प्रतियोगितामा अनुभवी खेलाडीसँगै उपाधि जित्ने रणनीतिमा रहेको आयोजकको बलियो टिमलाई क्वाटरफाइनलबाटै विदा गरेको बेनी नगरपालिकाले बुधबार पर्वतको पैयुँ गाउँपालिकासँग सेमिफाइनलमा खेल्ने जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले बताए । बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।










