---Advertisement---

२३औं जेसीज कप–उपाधी केबि एकेडेमीलाई

By व नय श र ष ठ, प र व अध यक ष, म य ग द ज स ज
On: December 3, 2025 11:05 AM
Follow Us:

म्याग्दी जेसीज म्याग्दीको आयोजनामा सन् २००१ देखि शुभारम्भ जेसीजकप फुटबललाई जिल्ला स्तरीय अन्तर मा.वि. फुटबल प्रतियोगिताका रुपमा सञ्चालन गरिदै आएको छ । कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउने यस प्रतियोगिताले म्याग्दीको फुटबल इतिहासमा महत्वपूर्ण भूमिका खेल्दै बर्षेनी फुटबलप्रेमीहरुलाई हौस्याउने गरेको छ । गत वर्षसम्म २२औं संस्करण पुरा गरी सकेको यस प्रतियोगिताको २३औं जेसीजकप फुटवल २०८२ मंसिर ८–१३ गते “विद्यार्थीमा एकता र सोचमा सकरात्मकताःफुटवलको विकास हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ खुल्ला मञ्च बेनीबजारमा सम्पन्न भयो । नवौंै जेसीजकप २०१० मा बेनीबजार निवासी समाजसेवी श्री श्यामप्रसाद श्रेष्ठले आफ्ना प्रिय पुत्र स्वर्गीय सन्तोष श्रेष्ठको स्मृतिमा स्थापित सन्तोष श्रेष्ठ स्मृति कोषको तर्फबाट जेसीजकप सञ्चालनको लागि रु २,००,०००÷– को अक्षय कोष स्थापना गरि सहयोग प्रदान गर्नुभएकोमा १५औं जेसीजकपमा रु. ५०,०००÷– थप गर्नुभएको थियो । उहाँको यस सहयोगले प्राप्त हुने व्याजको मद्दतले सन २०१९ सम्म जेसीजकप फुटबल सञ्चालनको लागि महत्वपूर्ण योगदान पु¥याएको थियो । साथै आयोजक संस्थाले सन्तोष श्रेष्ठ स्मृति कोषलाई प्रत्येक वर्ष मूख्य–प्रायोजक रहने निर्णय समेत गरेको थियो । त्यस्तै सन् २०१३ मा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ र म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी विनय श्रेष्ठले स्वर्गीय मातापिताको स्मृतिमा लक्ष्मी पुतली अवार्ड, जेसी लोकेश पुन मगरले स्वार्गिय पिताको स्मृतिमा धमानसिंह अवार्ड र जेसी रन्जना श्रेष्ठले स्वर्गीय पिताको स्मृतिमा इन्द्र अवार्ड यसैगरी सन् २०१४ मा जेसी विक्रम सुवेदीले स्वर्गीय पितामाताको स्मृतिमा झलक खगेश्वरी अवार्ड स्थापना गरी हामीलाई थप हौसला प्रदान गर्नुभएको छ । त्यस्तै पूर्व अध्यक्ष जेसी ई. कमल विश्वकर्माले स्व. पिता मिनबहादुर विश्वकर्माको स्मृतिमा मिन बहादुर स्मृति कोषबाट एक लाखको अक्षयकोष स्थापना गर्नु भएको थियो । १७औं जेसीज कपमा हुवावे मोवाइलले, १८औं जेसीज कपमा नरेश मोबाइल, १९औं जेसीजकपमा नमस्ते ट्र्ेड होटल याक, २०औं जेसीजकपमा गौमति खत्री स्मृति कोष र २१ औं जेसीजकपमा रामबिमला फाउण्डेसन र २२ औं जेसीजकपमा एभरेष्ट ग्लोबल एजुकेशन÷भिसाले प्रतियोगिता सौजन्यता प्रदान गरेकोमा यस वर्ष पनि एभरेष्ट ग्लोबल एजुकेशन÷भिसाले प्रतियोगिता सांैजन्य टाइटल स्पोन्सर गरेको छ । गत वर्षदेखि ५ वर्षसम्म निरन्तर टाइटल स्पोन्सर गर्ने सम्झौता गरेको एभरेष्ट ग्लोबल एजुकेशन÷भिसालाई संस्थाले प्रायोजकको सम्मान गरेको छ । यस कार्यले जेसीज कप आयोजक, खेलाडीवर्ग र खेलप्रेमीहरुलाई थप हौसला मिलेको छ । यहाँ जेसीजकपका हालसम्मका उपलब्धीहरु र २३औं जेसीजकप–२०२५ को उद्घाटनदेखि समापनसम्म गतिविधिहरु चर्चा गर्ने जमर्को गरिएको छ ।

१. उद्घाटन सत्र
एभरेष्ट ग्लोबल एजुकेशन÷भिसा २३औं जेसीजकप फुटबल २०२५ को उद्घाटन सत्र बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । शाखा अध्यक्ष जेसी विनोद घर्तिको अध्यक्षता र महासचिव जेसी देवेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि केसीले पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभएको थियो । सो सत्रमा प्रमुख अतिथि केसीले प्रमुख आतिथ्यताको मन्तव्य, म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ, नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष एवम् बागलुङ जेसीजका पूर्व अध्यक्ष जेसी सौरभ श्रेष्ठ, नेपाल जेसीजका उपाध्यक्ष एवम् म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी सन्दिप खत्री, एभरेष्ट ग्लोबल एजुकेशन÷ भिसाका अनिता केसी वानियाँ, गंगा फाउण्डेसनका नारायण जिसीले शुभकामना मन्तव्य र मुल संयोजक एवम् कोषाध्यक्ष जेसी नविन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । रेफ्रिको तर्फबाट सागर परियार र खेलाडीको तर्फबाट माउण्ट एभरेष्टका क्याटेन एन्जल थजालीले सपथ ग्रहण गरेका थिए भने शाखा अध्यक्ष जेसी विनोद घर्तिले धन्यवाद सहित समापन गर्नुभएको सो सत्रमा प्रमुख अतिथि केसीलाई मायाको चिनो प्रदान गरिएको थियो भने जेसी कपिल वानियाँले जेसीज आस्थाको अगुवाई गर्नुभएको थियो । उद्घाटन सत्र समाप्ती लगत्तै प्रतियोगिताको गोलाप्रथा गरी टाइसिट निर्धारण गरिएको थियो ।

२. पहिलो र दोश्रो चरणका खेलहरु ः
क) पहिलो खेल
प्रतियोगिताको पहिलो खेल गत वर्षको विजेता माउण्ट एभरेष्ट र म्याग्दी एकेडेमी बीच भएको थियो । खेलमा माउण्ट एभरेष्ट १ का विरुद्ध २ गोलले विजयी भएको थियो । म्याग्दी एकेडेमीका नियोन केसी (१०÷३०’ +३’) गोल गरी पहिलो हाफमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा माउण्ट एभरेष्टका तर्फबाट एन्जल थजाली (१५÷३२’, ४८’) ले २ गोल गरेका थिए । माउण्ट एभरेष्टका सुरेश बरुवाल (१३) र अनिश विक (६) ले त्यस्तै म्याग्दी एकेडेमीका विश्व वानियाँले पहेलो कार्ड पाएका थियो । माउण्ट एभरेष्टका एन्जल थजाली (१५) लाईबाट प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
ख) दोस्रो खेल
प्रतियोगिताको दोस्रो खेल गतवर्षको उपविजेता बेनी सामुदायिक मावि बेनी र न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनी बीच भएको थियो । खेलमा बेनी सामुदायिक एकका विरुद्ध २ गोलले विजयी भएको थियो । बेनी सामुदायिकका तर्फबाट गगन थापा (७÷५’) र क्याप्टेन सन्दिप खत्री (१०÷२६’) ले १÷१ गोल गरेका थिए । न्यू वेष्ट प्वाइन्टका क्याप्टेन पवन खत्री (९०÷२४’) ले १ गोल गरेका थिए । न्यू वेष्ट प्वाइन्टका राज सेरपुन्जा (२९) र संजोग पुर्जा (२७) ले पहेलो कार्ड पाएका थिए । बेनी सामुदायिकका गगन थापा (७) लाई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
ख) तेस्रो खेल
प्रतियोगिताको तेस्रो खेल बाल मन्दिर माध्यमिक विद्यालय बेनी र डनिङ इग्लिस सेकण्डरी स्कूल बेनी बीच भएको थियो । खेलमा डनिङ इग्लिस शुन्यका विरुद्ध १ गोलले विजयी भएको थियो । डनिङ इग्लिसका क्याप्टेन दीप थापा (१०÷..’) ले विजयी गोल गरेका थिए । बाल मन्दिरका आगमन केसी (२८), दिप्सन परियार (११), युजन तामाङ (४) र कमल छन्त्याल (१०) ले पहेलो कार्ड पाएका थिए । डनिङ इग्लिसका क्याप्टेन दीप थापा (१०) लाई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
घ) चौंथो खेल
प्रतियोगिताको चौंथो खेल किसानी चन्द्रकुन्ता मावि धारापानी र हेम मावि सिवाङ बीच भएको थियो । किसानी चन्द्रकुन्ता शुन्यका विरुद्ध २ गोलले विजयी भएको थियो । किसानी चन्द्रकुन्ताका अभय थापा (१०÷७’) र निकेश थापा (८÷२९’) ले १÷१ गोल गरेका थिए । किसानी चन्द्रकुन्ताका रमेश विक (४), आयुष थापा (७), सुरेश थापा (२), अभय थापा (१०), रविन विक (५) र सचिन थापा (९) त्यस्तै हेमका दिनेश मगर (१), क्याप्टेन अर्जुन सुनार (७) र साजन गुरुङ (१७) ले पहेलो कार्ड पाएका थिए । किसानी चन्द्रकुन्ताका निकेश थापा (८) लाई म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
ङ) पाँचौं खेल
पाँचौ खेल केबी एकेडेमी दरबाङ र गलेश्वर मावि तोरीपानी वीच भएको थियो । केबी एकेडेमी १ का विरुद्ध ७ गोलले विजयी भएको थियो । केबी एकेडेमीका खिमबहादुर थापा (१०÷१०’,१५’,२२’,३८’,४५’) ले ५ गोल, दिक्षित पुन (८÷२’) र रिजन पुन (७÷४१’) ले १÷१ गोल गरेका थिए । गलेश्वरका आयुष कार्की (७÷९’) ले सान्त्वना गोल (१ गोल) गरेका थिए । गलेश्वरका निर्मल चोखाल (११) ले पहेलो कार्ड पाएका थिए । केबि एकेडेमी क्याप्टेन खिमबहादुर थापा (१०) लाई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
च) छैठौं खेल
छैठौं खेल बेनी बोर्डिङ आवासिय मावि बेनी र सारदा मावि छिस्वाङ वीच भएको थियो । बेनी बोर्डिङ १ का विरुद्ध ३ गोलले विजयी भएको थियो । बेनी बोर्डिङका अमिर पुन (९÷१’) , साजन बानियाँ (८÷५५’) र रोहित बुढाथोकी (७÷६०+३’) ले १÷१ गोल गरेका थियो । शारदाका क्याप्टेन प्रिजन गुरुङ (१०÷१५’) ले १ गोल गरेका थिए । बेनी बोर्डिङका क्याप्टेन सुशान्त घर्ति (१०), असिम पुन (१८) र साजन बानियाँ (८) र मिठुन पुन (८) पहेलो कार्ड पाएका थिए । बेनी बोर्डिङका रोहित बुढाथोकी (७) लाई म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
छ) सातौ खेल
सातौ खेल प्रकाश मावि र लिटिल गार्डेन एकेडेमी बेनी वीच भएको थियो । लिटिल गार्डेनका क्याप्टेन सुनिल पुन (१०÷२२’) र प्रकाश माविका ईश्वर सार्की (६०÷३०+२’) ले १÷१ गोल गरी निर्धारित समय बराबरी भएपछि पेनाल्टी सुट आउटमा पुगेको थियो । पहिलो ५ पेनाल्टीमा ३÷३, त्यसपछि सदन डेथमा १÷१, १÷१, १÷१, १÷१ भएपछि ११औं पेनाल्टीमा लिटिल गार्डेन १–० ले विजयी भएको थियो । प्रकाशका क्याप्टेन सनिल दर्जी (५३), विकल्प श्रेष्ठ (४७) र सुजन किसान (३५) त्यस्तै लिटिलका अमर तामाङ (८), क्याप्टेन सनिल पुन (१०), सतिस परियार (१७) एनिल जुग्जाली (७) र गोल किपर राज पुन (६६) ले पहेलो कार्ड पाएका थिए। त्यस्तै खेल समाप्तिको दौरानमा प्रतिपक्ष खेलाडी र दर्शकलाई समेत अभद्र व्यबहार प्रदर्शन गरेकोले लिटिल गार्डेनका सतिस परियार (१७) लाई १ खेल प्रतिबन्ध गरिएको थियो भने बेन्च प्लेयर अभिशेक राई (२७) र प्रतिक पाइजा (१६) लाई पहेलो कार्ड साथै लिटिल गार्डेन विद्यालयलाई नगद जरिवाना गरिएको थियो । लिटिलका सुनिल पुन (१०) लाई प्लेयर म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
ज) आठौं खेल
आठौै खेल निस्कोट मावि निस्कोट र जामुनाखर्क मावि अर्थुङ्गे वीच भएको थियो । निस्कोटका धन बहादुर पुन (५÷१६’) ले १ गोल गरी निस्कोटलाई विजयी बनाउन सफल भएका थिए । निस्कोटका देवस पुन (४) र जामुनाखर्कका सुवास ढुंगाना (३४) ले पहेलो कार्ड पाएका थिए । निस्कोटका निराज पुन (४) लाई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
झ) नवौ खेल
नवौं खेल माउण्ट एभरेष्ट आवासिय मा.वि. बेनी र बुद्ध एकेडेमी बगरफाँट वीच भएको थियो । माउण्टका क्याप्टेन एज्जल थजाली (१०) ले ३ गोल र सुनिल पुन (७) ले २ गोल गरी शुन्यका विरुद्ध ५ गोलले विजयी भएको थियो । माउण्टका अनिल विक (९) ले पहेलो कार्ड पाएका थिए । माउण्टका क्याप्टेन एन्जल थजाली (१५) लाई प्लेयर अफ द म्याचको ट्रफि र उपहार प्रदान गरिएको थियो ।
ञ) दशौ खेल
दशौ खेल बेनी सामुदायिक मावि बेनी र जनप्रिय मावि दरवाङ वीच भएको थियो । बेनी सामुदायिक शुन्यका विरुद्ध २ गोलले विजयी भएको थियो । बेनी सामुदायिकका क्याप्टेन सन्दिप खत्री (१०÷१७’) ले १ गोल र नारायण कार्की (२०) पेनाल्टी मार्फत गोल गरेका थिए । बेनी सामुदायिकका सिजन कार्की (७७) ले पहेलो कार्ड पाएका थिए । बेनी सामुदायिका क्याप्टेन सन्दिप खत्री (१०) लाई म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
ट) एघारौं खेल
एघारौं खेल लिटिल गार्डेन एकेडेमी बेनी र जडभरत शालग्राम गण्डकी संस्कृत मावि गलेश्वर वीच भएको थियो । लिटिल गार्डेन एकका विरुद्ध ८ गोलले विजयी भएको थियो । लिटिलका एलिन जुग्जाली (७÷४५, ४७, ५७’) ले ३ गोल, इशान सुवेदी (७७÷३९, ५४’) ले २ गोल, निकेश भण्डारी (३०÷९), मिसन थापा (२२÷११) र दिपेश बुढा (१३÷४३) ले १÷१ गोल गरेका थिए । जडभरतका युवराज पुन (८÷५०) ले १ सान्त्वना गोल गरेका थिए । जडभरतका शुशिल केसी (११) ले पहेलो कार्ड पाएका थिए । लिटिल गार्डेनका एलिन जुग्जाली (७) लाई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
३. क्वाटर फाइनलका खेलहरु
क) पहिलो खेल
क्वाटरफाइनको पहिलो खेल किसानी चन्द्रकुन्ता मावि धारापानी र निस्कोट मावि निस्कोट वीच भएको थियो । किसानी शुन्यका विरुद्ध ३ गोलले विजयी भएको थियो । किसानीका निकेश थापा (८), क्याप्टेन रोजन सुनार (३÷३१’) र आयुष थापा (७÷५८’) ले १÷१ गोल गरेका थिए । किसानीका अभय थापा (१०) ले पहेलो कार्ड पाएका थिए । किसानीका क्याप्टेन रोजन सुनार (३) लाई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
ख) दोस्रो खेल
क्वाटर फाइनलको दोस्रो खेल माउण्ट एभरेष्ट आमावि बेनी र केबि एकेडेमी दरवाङ वीच भएको थियो । केबि एकेडेमी शुन्यका विरुद्ध १ गोलले विजयी भएको थियो । केबि एकेडेमीका होमन जुग्जाली (१७÷६०+३’) ले निर्णायक गोल गरेका थिए । माउण्ट एभरेष्टका सुरेश वरुवाल (१३) र अनिश विक (९) साथै केवि एकेडेमीका विवस बुढा (३) र सुवास सुनार (८) ले पहेलो कार्ड पाएका थिए । केवि एकेडेमीका होमन जुग्जाली (१७) लार्र्ई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
ख) तेस्रो खेल
क्वाटर फाइनलको तेस्रो खेल बेनी बोर्डिङ सेकण्डरी स्कुल बेनी र बेनी सामावि बेनी वीच भएको थियो । बेनी सामावि शुन्यका विरुद्ध १ गोलले विजयी भएको थियो । बेनी सामाविका स्मित सुनार (१९÷६०+५’) ले निर्णायक गोल गरेका थिए । बेनी सामाविका क्याप्टेन सन्दिप खत्री (१०) र किस्मत पुर्जा (११) त्यस्तै बेनी बोडिङका अमिर पुन (९) र असिम पुन (१८) ले पहेलो कार्ड पाएका थिए । बेनी सामाविका स्म्ति सुनार (१९) लाई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
ग) चौथो खेल
क्वाटर फाइनलको चौथोे खेल लिटिल गार्डेन एकेडेमी बेनी र डर्निङ्ग बोर्डिङ्ग बावियाचौर वीच भएको थियो । लिटिल गार्डेनका एलिन जुग्जाली (७÷४’) र दिपेश बुढाथोकी (१३÷५३’) ले १÷१ गोल गर्दै शून्यका विरुद्ध २ गोलले विजयी भएको थियो । डर्निङ्ग बोर्डिङ्गका युजन पुन (४) ले पहेलो कार्ड पाएका थिए । लिटिल गार्डेनका दिपेश बुढाथोकी (१३) लाई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
४. सेमीफाइनलका खेलहरु
क) पहिलो खेल
सेमीफाइनलको पहिलो खेल किसानी चन्द्रकुन्ता मावि धारापानी र बेनी सामावि बेनी वीच भएको थियो । किसानीका सुपेश सुनार (२) बाट आत्माघाति गोल भएपछि बेनी सामावि ० का विरुद्ध १ गोलले विजयी भएको थियो । बेनी सामाविका किस्मत पुन (११) र सन्दिप फगामी (१५) त्यस्तै रविन विक (५), रमेश विक (४) र अभय थापा (१०) ले पहेलो कार्ड पाएका थिए । बेनी सामविका नयन किसान (२०) लाई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
ख) दोस्रो खेल
सेमीफाइनलको दोस्रो खेल केबि एकेडेमी दरवाङ्ग र लिटिल गार्डेन एकेडेमी वीच भएको थियो । लिटिल गार्डेनका एलिन जुग्जाली (७÷२२’) ले १ गोल गरी अग्रता लिएकोमा र केबि एकेडेमीका मौसम रोका (६÷४३’) ले बराबरी गोल फकाएका थिए । पेनाल्टी सुटआउटमा केबि एकेडेमी १ का विरुद्ध ४ गोलले विजयी भएको थियो । केबि एकेडेमीका मौसम रोका (६) लाई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
५. खेलाडी सम्मान कार्यक्रम
फाइनल खेलकै क्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मा. हरि भण्डारी, अतिथीहरु नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षद्धय जेसी अभिषेक दुलाल र जेसी सन्दिप खत्री, बागलुङ जेसीजका शाखा अध्यक्ष शुशान्तकृष्ण श्रेष्ठ, म्याग्दी जेसीजका पूर्व अध्यक्षहरु म्याग्दीका अध्यक्ष लगायतको उपस्थितीमा शाखा अध्यक्ष जेसी विनोद घर्तिको अध्यक्षता र स्वागत मन्तव्य, कार्यकारी उपाध्यक्ष जेसी डेक कुमारी केसीको आस्थापाठ मूल संयोजक जेसी नविन पौडेलको सञ्चालनमा दसौं जेसीजकप फुटबल प्रतियोगिता २०१२ मा सहभागी भै प्रतियोगिताका उत्कृष्ट खेलाडी माउण्ट एभरेष्टका साजन गर्बुजा, सर्वाधिक गोलकर्ता बेनी बोडिङ आवासिय मावि बेनीका सुवास शेरचन, उत्कृष्ट गोलरक्षक न्यू वेष्ट पोइन्ट आमावि बेनीका साजन पूर्जा त्यस्तै पूर्व रेफ्रि तथा पूर्व खेलाडी कृष्ण कुमार विश्वकर्मालाई सम्मान गरिएको थियो । साथमा मैत्रीपूर्ण खेल सञ्चालन भएको थियो ।
८. फाइनल खेल
२२औं जेसीज कप फुटबल प्रतियोगिताको फाईनल खेल केबि एकेडेमी दरबाङ र बेनी सामावि बेनी बीच भएको थियो । केबि एकेडेमी १ का विरुद्ध ३ गोलले विजयी भएको थियो । केबि एकेडेमीका दिक्षित पुन (८÷३८, ४३) ले २ गोल र विवेक बुढा (३÷२२) ले १ गोल गरेका थिए । बेनी सामुदायिकका क्याप्टेन सन्दिप खत्री (१०÷७०) ले सान्त्वना गोल फर्काइका थिए । बेनी सामाविका सनम विक (५) ले पहेलो कार्ड पाएका थिए । केबि एकेडेमीका होमन जुग्जाली (१७) लाई प्लेयर अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।
फाइनल खेलको शुभारम्भ मूल संयोजक एवम् उपाध्यक्ष जेसी नविन पौडेलको सञ्चालनमा सामुहिक राष्ट्रिय गानको सम्मान, सामुहिक रुपमा फिफा गानको सम्मानसँगै शाखा अध्यक्ष जेसी विनोद घर्तिको स्वागत मन्तव्य र प्रमुख अतिथि मा. हरि भण्डारीले प्रमुख आतित्थ्यता नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी अभिषेक दुलाल, सम्मानित व्यक्तिव्व कृष्ण कुमार विश्वकर्माको शुभकामना मन्तव्यका साथ सम्पूर्ण अतिथीगणहरुले खेलाडीहरुको हौसला प्रदान गर्नु भएको थियो ।
सम्पूर्ण खेलहरु रेफ्रि सिद्धार्थ शाक्य, सागर परियार, गणेश चोखाल, प्रमेश्वर केसी, बिनम थजाली र रबिन खड्काले सञ्चालन गरेका थिए । प्रतियोगीताको शुरुदेखि फाइनलसम्मका खेलहरु स्पोर्ट भाइस् नेटवर्क पोखराबाट प्रत्यक्ष प्रसारण गरीएको थियो ।
९. पुरस्कार वितरण तथा समापन
फाइनल खेल लगत्तै प्रमुख अतिथी र अतिथीगणको उपस्थितीमा विजेता केबि एकेडेमीलाई श्री लक्ष्मी प्रिन्ट्सले सौजन्य गरेको जेसीज कप, विजेता केबि एकेडेमी र उप विजेता बेनी सामाविलाई ट्रफि, चेक, नगद र मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सेमिफाइनलिष्ट किसानी चन्द्रकुन्ता मावि धारापानी र लिटिल गार्डेन एकेडेमी बेनीलाई नगद साथै अनुशासित टिम निस्कोट मावि निस्कोटलाई खगेश्वरी अवार्ड, उत्कृष्ट खेलाडी केबि एकेडेमीका होमन जुग्जाली (१७) लाई धमानसिंह अवार्ड, सर्वाधिक गोलकर्ताहरु केबि एकेडेमीका क्याप्टेन खिमबहाखुर थापा (१०), माउण्ट एभरेष्टका क्याप्टेन एन्जल थजाली (१५) र लिटिल गार्डेन एकेडेमीका एलिन जुग्जाली (७) लाई लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक केबी एकेडेमीका सज्जन घर्ति (१) लाई ईन्द्र अवार्डसाथ नगद, मेडल र ट्रफि प्रदान गरिएको थियो । साथमा द राईजिङ प्लेयर लिटिल गार्डेनका इशान सुवेदी (७७), उत्कृष्ट स्ट्राईकर बेनी सामुदायिकका क्याप्टेन सन्दिप क्षेत्री (१०), उत्कृष्ट डिफेन्डर बेनी सामुदायिकका साइरेश पुन (४), उत्कृष्ट मिडफिल्डर केबि एकेडेमीका मौसम रोका (६) र उत्कृष्ट कोच केबी एकेडेमीका टन्दिन लामालाई मेडल, ट्रफि, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । मुलसंयोजक जेसी नविन पौडेलले सञ्चालन गर्नु भएको सो पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मा. हरि भण्डारी र अतिथीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै रेफ्रीहरु र सहयोगदाताहरुलाई समेत सम्मान गरिएको थियो ।
अत्यमा, यस वर्ष २०८२ मंसिर ८ देखि १३ गतेसम्म २३ औं जेसीजकप बेनीबजारको खुल्ला मञ्चमा सम्पन्न भएको छ । उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि विगतका वर्षहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्था महानुभावहरु आभार व्यक्त गर्दछौं । सन २०२६ मा हुने २४औं जेसीजकपमा सहभागी हुने सम्पूर्ण विद्यालयहरु र खेलाडीहरुलाई अग्रीम सफलताको शुभकामना !
जय जेसीज !

व नय श र ष ठ, प र व अध यक ष, म य ग द ज स ज

Leave a Comment