जिल्लाका सामुदायिक विद्यालयहरूमा सञ्चालित तीन स्रोत कक्षालाई इनर हुइल क्लब अफ बालाजुले ४६ हजारभन्दा बढीको शैक्षिक साम्रागी र न्यानो कपडा सहयोग गरेको छ । अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार सदरमुकाम बेनीबजारमा आयोजित कार्यक्रममा क्लवकी अध्यक्ष मन्दिरा श्रेष्ठले बालजागृति आधारभुत विद्यालय बगुवाखोलामा रहेको बौद्धिक अपाङ्गता, ज्ञानोदय मावि मौवाफाँटमा दृष्टीविहीन र धौलागिरी मावि सिङ्गमा बहिरा बालबालिकाले अध्ययन गर्ने विशेष स्रोत कक्षाका लागि ४६ हजार ५ सय ३६ रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

विगतमा समेत अपाङ्गता र महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गदैं आइरहेको क्लवको सहयोगले बालबालिकाको पठनपाठनमा सहज हुने अपांग संघ म्याग्दीका सहसचिव बिशाल विकले बताउनुभयो । दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सरकाले अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि बनेका ऐन¸ कानुन¸ निति¸ नियमहरुलाई कार्यान्वयन गरी आधारभुत आवश्यकता पूरा गर्न समेत दिवसको अवसरमा आयोजित कार्यक्रममा जोड दिइएको छ ।









