---Advertisement---

बेनी सामुदायिकका विद्यार्थीलाई साइबर सुरक्षासम्बन्धित कार्यशाला

On: December 3, 2025 10:46 PM
Follow Us:

बेनी सामुदायिक माविका कक्षा ११ र १२ का विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी व्यावहारिक कार्यशाला सञ्चालन गरिएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना सीएमआर नेपालको सहयोग तथा आईसीटी क्लबकाृे प्राविधिक सहयोगमा बेनी सामुदायिक माविको सभाहलमा आयोजना गरिएको थियो ।

बिआइसिटीका विद्यार्थी सन्देश आचार्य र बिबेक सापकोटाले साइबर सुरक्षाको महत्वका बारेमा दैनिक जीवनलाई सरल र सहज बनाउन,फिसिङ, क्विसिङ (क्यूआर कोड आधारित फिसिङ), क्त्ती इन्जेक्सन, ब्रुट फोर्स आक्रमण, र सत्र हाइज्याकिङ, वास्तविक साइबर अधिकारको प्रतिनिधित्व, क्युआर कोर्डमा कसरी सावधानी अपनाउने, सार्वजनिक कम्युटरमा लगआउट गर्ने, असुरक्षित वेवसाइटहरुबाट डाटा कसरी चोरी हुन्छ भन्ने लाइभ डेमो समेत देखाइएको सहजकर्ता विवेक सापकोटाले बताउनुभयो ।

कार्यशालामा अनलाइन उत्पीडनको विषयमा समेत छलफल भएको थियो । विद्यार्थीलाई समुहमा विभाजन गरी डिजिटल दुरुपयोगबाट सचेतन हुन नियमित सीप हस्तान्तरण सहितका कार्यहरु समेत गरिने बताइएको थियो । म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुबेदीले डिजिटल प्रविधि तथा सुविधाको सदुपयोगले जीवनमा उपयोगी हुने र दुरुपयोग रोक्न विद्यार्थीमार्फत समुदायमा समेत सचेत बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बेनी सामुदायिक माविका प्रधानध्यापक भिम घर्तीले डिजिलट प्रविधिको सदुपयोग तथा कुलतमा फस्न नदिने गरी विभिन्न रचनात्मक कार्यहरुमा विद्यालयले प्राथमिकता दिएको बताउनुभयो । आइसिटी क्लवका सदस्य सुन्दर क्षत्रीले सञ्चालन गरेको कार्यशाला गोष्ठीमा सहभागि विद्यार्थीले कार्यक्रम फलदायी भएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभयो । कार्यशालामा ३० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

Leave a Comment