---Advertisement---

दोस्रो लायन्स कप : उद्घाटन खेलमा न्यु वेष्ट पोइन्ट बिजय, साम्बाले गरिन् ह्याटिक

On: December 4, 2025 12:44 PM
Follow Us:

डिफेन्डिङ च्याम्पियन न्यू वेष्ट पोइन्ट आवासीय माविले जारी सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ । बिहिबार उद्घाटन खेलमा न्यु वेष्ट पोइन्टले म्याग्दी एकेडेमीलाई ५–० ले पराजित गरेको हो । प्रतियोगितामा न्यु वेष्ट पोइन्टकी सरिता पटेल (साम्बा)ले ह्याटिक गरिन् ।


म्याग्दीमा विद्यालयस्तरीय छात्रा फुटबलमा निकै उत्कृष्ट खेलाडीको पहिचान स्थापित गरेकी साम्बाले ३ गोल, निशा तुलाचन १ गोल र खबिश्री बानियाँले १ गोल गरेको लायन्स क्लव अफ लभ्लीहिलका अध्यक्ष ओमप्रसाद शर्माले बताउनुभयो । प्रतियोगिता आगामी शनिबारसम्म सञ्चालन हुने छ। छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच निर्वतमान प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभएको थियो ।


प्रतियागितामा विजेताले ४०हजार, उपविजेता २५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ ।

Leave a Comment