---Advertisement---

बागलुङमा जिप दुर्घटना हुँदा आठ जना घाइते

On: December 4, 2025 8:13 PM
Follow Us:

बागलुङमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा आज दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजा तर्फ आउँदै गरेको गाडी नम्बर ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो।  

दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए। घाइतेहरूलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ। रासस

Leave a Comment