---Advertisement---

दोस्रो लायन्स कप: बेनी सामुदायिक माविको गोलको बर्षा, छात्रा फुटबलका प्रतिभा पहिचानमा सहज

On: December 4, 2025 8:40 PM
Follow Us:

छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित दोस्रो लायन्स कप अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगितामा चार खेल सम्पन्न भएको छ । प्रतियोगिको उद्घाटनमा डिफेन्डिङ च्याम्पियन न्यू वेष्ट पोइन्ट आवासीय माविले म्याग्दी एकेडेमीलाई ५–० ले पराजित गरेको थियो । त्यसैगरी खेलमा न्यु वेष्ट पोइन्टकी सरिता पटेल (साम्बा)ले ह्याटिक गरिन् ।

त्यसैगरी दोस्रो खेलमा बेनी सामुदायिक माविले बेनी आवासीय माविलाई ८–० को फराकिलो अन्तरले जितेको छ । खेलमा बेनी सामुदायिककी बिपना पुनले ३ गोल, रोसिका घर्तीले ३ गोल गदैं खेलमा ह्याटिक गरेकी थिइन् । प्रतियोगिता अवधिभर खेलमा बेनी सामुदायिक हावी भएको थियो । त्यसैगरी तेस्रो खेलमा माउण्ट एभरेष्ट आवासीय मावि र बालमन्दिर मावि बिचको खेल पेनाल्टी सुटआउटमा माउण्ट एभरेष्ट आवासीय मावि विजय भएको लायन्स क्लव अफ लभ्लीहिलका सचिव प्रेम नेपालीले जानकारी दिए । बिहिबारको अन्तिम खेलमा प्रकाश मावि र लिटल गार्डेन एकेडेमी बिच सम्पन्न खेल ३–० ले प्रकाश माविले जितेको छ ।


छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगितामा विजेताले ४०हजार, उपविजेता २५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ ।

त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ ।प्रतियोगिताको मुख्य प्रायोजन दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गरेको छ । प्रतियोगितामा छात्रा फुटबलबाट नयाँ खेलाडीको पहिचान गर्न सहज हुने लायन्स क्लव अफ लभ्लीहिलका अध्यक्ष ओमप्रसाद शर्माले बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले छात्रा फुटबलका उत्कृष्ट खेलाडीलाई थप अवसर तथा नियमित प्रशिक्षणमार्फत खेलाडी उत्पादनमा समितिमार्फत निरन्तर काम गर्ने प्रतिबद्धता जनाए । प्रतियोगिता आगामी शनिबारसम्म सञ्चालन हुने छ।

Leave a Comment