म्याग्दीको बेनी नगरपालिका–७,कुरीलाखर्कमा रहेको महारानीथान मन्दिरमा उधौली पर्वको अवसरमा महारानी विशेष पुजा गरिएको छ । सदरमुकाम बेनीबजार नजिकै रहेको मन्दिरमा उल्लेखनीय भक्तजनको उपस्थितीमा पूजाआजाका साथै कन्या पूजा, लक्षदिप तथा प्रसाद ग्रहण गरी हर्ष उल्लासका साथ मनाईको हो ।

मन्दिरमा भक्तजनले २ लाख लाखबत्ती बालेर लक्षदीप गरेका थिए । बिशेष पूजाको अवसरमा मन्दिरका जग्गादाता तुलप्रसाद शाक्यको परिवारले उधौली पर्वको अवसरमा भक्तजनलाई भोजन सहित विगतमा गरिएको योगदानको समेत चर्चा गरिएको समितिका उपाध्यक्ष विक्रम श्रेष्ठको भनाई छ।

हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्वको अवसरमा किसानको मेहनत अनुसारको फलको कामना तथा प्राकृतिक विपत्तीबाट हुने क्षती रोक्न कामना समेत गरिन्छ । अन्नबाली भित्राउनुअघि प्रकृतिसँग नजिक देवताको पूजासँगै भोजनमार्फत भक्तजनलाई खुसी बनाउन दशकौं अगाडी महारानी थानमा भब्य पूजा तथा भक्तजनको उपस्थिनी हुने गरेको थियो ।

विशेष पूजाको प्रमुख अतिथि जग्गादाता एवम् समितिका संरक्षक राजेश शाक्य, अध्यक्षता समितिका अध्यक्ष चन्द्रबहादुर खत्रीको अध्यक्षता, स्वागत तथा सञ्चालन उपाध्यक्ष बिक्रम श्रेष्ठले गरेका थिए । उक्त अवसरमा भजनकिर्तन समेत प्रस्तुत गरिएको थियो ।

दर्शन, भाकल र पुजाआज गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास बोकेर भक्तजन आउने गरेका छन् । पर्वत राज्यका मलेबमले भर्तिबमको हत्या गरेपछि विक्षिप्त पत्नी अर्थात् महारानी विश्वप्रभाले कुरिलाखर्कमा अलप भएपछि त्यही स्थानमा पूजाअर्चना गर्न थालिएको र त्यही स्थान ऐतिहासिक महारानी थानका रूपमा प्रसिद्ध छ ।











