म्याग्दीको मालिका गाउँलालिका-६, दरबाङमा सप्पन्न अन्तर मावि विद्यालय स्तरीय छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ ।

बिहीबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र पाँच कास्य पदक जित हात पारेको किसानीले ५० हजार रुपियाँ सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यो सँगै किसानीले चौथोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको छ ।

यसैगरी ९ स्वर्ण, ६ रजत र ६ कास्य पदक जितेको जनप्रिय मावि द्वितीय तथा तीन स्वर्ण, एक रजत र ५ कास्य हात पार्दै तृतीय भएको राष्ट्रिय माविले क्रमशः ४० हजार, ३० हजार रुपियाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।

विजेता र उपविजेताहरुलाई गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुज , उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन ,वडा नम्बर २ का वडा अध्यक्ष उदय बुढाथोकी, कार्यपालिका सदस्यहरु दलबहादुर खड्काथोकी, छरदेवी जुग्जाली र प्रतीक्षा बिक, शिक्षा शाखा अधिकृत अशोक रिजाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

तीन दिन सम्म संचालित प्रतियोगितामा गाउँपालिका भित्रका दश विद्यालयले सहभागिता जनाएका थिए ।











