म्याग्दी बहुमुखी क्याम्पसका स्ववियु सभापति संगम चोखाल क्षेत्री स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको राष्ट्रिय अधिवेशनबाट गण्डकी प्रदेशका उपसभापति पदमा निर्विरोध चयन भएका छन् । नेपाल विद्यार्थी संघ नेविसंघले गठन गरेको परिषद्को सदस्यमा स्ववियु सदस्य अनुपम श्रेष्ठ चयन भएका छन् ।
विद्यार्थीको हकहित सहित स्ववियुका रचनात्मक कार्यहरुमा सघाउन परिषद्बाट धेरै सिक्ने अवसर पाउने उपाध्यक्ष क्षेत्रीको भनाई छ । गण्डकी प्रदेशभित्र नेविसंघले जितेका क्याम्पसले गरेका असल कार्यहरुलाई म्याग्दी बहुमुखी क्याम्पसमा समेत ल्याउन आवश्यक पहल गर्ने सभापति क्षेत्रीले बताए ।










