---Advertisement---

विद्यार्थीलाई न्यानो कपडा वितरण

On: December 5, 2025 8:04 PM
Follow Us:

बेनी नगरपालिका–९ काफलबोटस्थित भुमे आधारभुत विद्यालयका २८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी बिशाल बानियाँ र सहयोगी राजन पाण्डे हाल अस्टेलियाबाट ट्याक, जुत्ता सहित ६५ हजार बराबरको न्यानो कपडा तथा शुद्ध खानेपानीका लागि १ थान वाटर डिस्पेन्सर वितरण गरिएको थियो ।


गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थी अध्ययनरत विद्यालयमा पूर्व विद्यार्थी बानियाँले यसअगाडी बालविकास कक्षा ब्यवस्थापनका लागि समेत २५ हजार सहयोग गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रधानध्यापक नरेन्द्रसिह भण्डारीले पूर्व विद्यार्थी बिशाल बानियाँले निरन्तर सहयोगका कारण विद्यालयलाई सहज भएको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नुभएको थियो ।


कार्यक्रममा पूर्व विब्यस अध्यक्ष आनन्द रिजाल, सुर्यप्रकाश बानियाँले विद्यार्थीको सङ्ख्या घट्दैगएको बताउँदै न्यानो कपडा हस्तान्तरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा विब्यस अध्यक्ष चन्द्रमायाँ बानियाँ कार्कीको अध्यक्षता, स्वागत शिक्षक निर्मल चोखाल, र सञ्चालन शिक्षक रेशम राईले गर्नुभएको थियो ।

Leave a Comment