पछिल्लो समयमा म्याग्दीमा लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन सचेतनामुलक अभियानलाई तिब्रता दिइएको छ । नेपाल रेडक्रस सोसाईटी सिंगा उपशाखाको आयोजना तथा म्याग्दी बहुमुखी क्याम्पसको सहआयोजनामा जुनियर रेडक्रस सर्कलमा आवद्ध भएका विद्यार्थीलाई लागु औषध दुव्र्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियानसँगै जुनियर रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीको काम कर्तब्य र अधिकारका बारेमा अभिमुखिकरण आयोजना गरिएको थियो ।

कार्यक्रममा बालमन्दिर आधारभुत विद्यालय डाडाँखेत, म्याग्दी एकेडेमी सिङ्गा, सरस्वती माबि तातोपानी, धवलागिरि माबि सिङ्गाका शिक्षक नायक र १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी म्याग्दीकी उपसभापति विष्णु रोकाले रेडक्रसको परिचात्मक तथा जुरेसको काम, कर्तब्य र अधिकारका बारेमा सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरी प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले विद्यार्थी र युवालाई लागु औषधको दुव्र्यसनका बारेमा सचेतनामुलक कार्यका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सञ्चालन गरिएको ‘लागूऔषध दुव्र्यसन रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रमा सहभागिता जनाउन अनुरोध गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अर्णबहादुर खड्काले विद्यार्थीलाई जिवन उपयोगी शिक्षा र समाजका हरेक विकृतिको अन्त्यका लागि सक्रियता आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुबेदीले क्याम्पसको सेवा क्षेत्र अन्तरगत म्याग्दी जिल्लार छिमेकी जलजला गाउँपालिकामा शैक्षिक तथा रचनात्मक कार्यहरुमार्फत समुदायमा पुग्ने गरिएको बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी सिंगा उपशाखाका सभापति सुमन बानियाँको सभापतित्व, सहसचिव रमेश पौडेलको सञ्चालनमा भएको कार्यक्रममा सहकोषाध्यक्ष इश्वरसिंह केसीले स्वागत गर्नुभएको थियो ।











