---Advertisement---

म्याग्दी नदीमा एक पुरुष मृत अवस्थामा फेला

By {{author_meta key:display_name}
On: December 7, 2025 2:02 PM
Follow Us:

रघुगंगा गाउँपालिका–६ झिँका रामबहादुर थजाली (अन्दाजी ४८–५० वर्ष) म्याग्दी नदीमा मृत अवस्थामा फेला परेका छन्। थजालीले बेनी नगरपालिका–४ सिङ्गा तातो क्षेत्रमा रहेका स्थानबाट म्याग्दी नदीमा हाम फालेको प्रहरीले जनाएको छ।

हाम फालेको जानकारी प्राप्त भएकाे केही समयपछि सुरु गरिएको खोजीका क्रममा थजालीको शव फेला परेकाे हो। फेला परेकाे शव अहिले आवश्यक प्रक्रिया तथा परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएकाे प्रहरीले जनाएको छ। घटनाको थप विवरण संकलन तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Comment