---Advertisement---

ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु, ट्याक्सी खोज्न गोताखोरको टोली परिचालन

On: December 7, 2025 2:16 PM
Follow Us:

म्याग्दीको जिल्लाको बेनी–दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका–२,रणबाङ स्थित खहरेखोला नजिकै ट्याक्सी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रणबाङ स्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा रणबाङका चालक ३७ वर्षिय सुजन सेनको घटनास्थलमै मृत्यु भएको हो ।

बेनीबाट दरबाङ तर्फ जाँदै गरेको ट्याक्सी शनिबार राती दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनास्थलमा ट्याक्सीका सिसा तथा अन्य सामान भेटिएपनि ट्याक्सी अझै फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बेनीअनलाइनलाई बताउनुभयो । मृतकको शब म्याग्दी नजिक भेटिएको थियो । घटनास्थल आसपासमा ट्याक्सीको सिसा, विभिन्न पार्ट बाहेक मुख्य भाग भेटिएको छैन् ।


ट्याक्सीमा हालसम्म चालक मात्रै रहेको अनुमान गरिएको छ । घटनास्थलमा शसस्त्र प्रहरी बल नारच्याङको गोताखोरको टोली सहित प्रहरी समेत परिचालन गरिएको छ । ट्याक्सी म्याग्दी नदीमै खसेको अनुमान सहित खोजीाकार्य तिब्र पारिएको छ । दुर्घटना अगाडी ट्याक्सी चालक सेनले एक यात्रुलाई घरमा लगेर छोडेर फर्किएको बताइएको छ । सडकदेखि करिब साढे एक सय मिटर तल नदी किनारमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

Leave a Comment