---Advertisement---

अपडेट : सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा भेटियो

On: December 7, 2025 4:19 PM
Follow Us:

म्याग्दीको जिल्लाको बेनी–दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका–२,रणबाङ स्थित खहरेखोला नजिकैको सडकबाट चालक सहित उछिट्टिएर म्याग्दी नदीमा खसेको ट्याक्सी भेटिएको छ । रणबाङ स्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा रणबाङका चालक ३७ वर्षिय सुजन सेनको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक सेनको शब म्याग्दी नदी नजिकै भेटिएपनि ट्याक्सी फेला नपरेपछि खोजीकार्यको क्रममा शसस्त्र प्रहरी बल नारच्याङको गोताखोरको टोलीले नदीभित्र फेला पारेको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बेनीअनलाइनलाई जानकारी दिनुभयो । ट्याक्सी सडकबाट उछिट्टिएर म्याग्दी नदीमा खसेको ट्याक्सीको बाहिरी भाग, सिसा लगायतका पाटपुर्जा नदी आसपासमा भेटिएको थियो । ट्याक्सीमा हालसम्म चालक मात्रै रहेको अनुमान गरिएको छ ।

दुर्घटना अगाडी ट्याक्सी चालक सेनले एक यात्रुलाई घरमा लगेर छोडेर फर्किएको बताइएको छ । सडकदेखि करिब साढे एक सय मिटर तल नदी किनारमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो । घटनास्थलमा प्रनाउ थापा सहितको टोलीले दुर्घटनाको कारण तथा दुर्घटना अगाडी घरमा छोडेको यात्रुबाट समेत थप जानकारी लिने जनाएको छ ।

Leave a Comment