---Advertisement---

मौलिकता जोगाउन भजनकीर्तनमा महिला समुह

On: December 7, 2025 7:56 PM
Follow Us:

बागलुङ नगरपालिका–४,उपल्लाचौरस्थित उप–गौरी महिला दिदीबिहिनी भजनकीर्तन लोप हुन थालेपछि भजनको महत्व र मौलिकता जोगाउने अभियानमा सक्रिय भएका छन् । तीन बर्ष अगाडी स्थापना भएको समुहलाई बागलुङ, म्याग्दी र पर्वतका विभिन्न स्थानमा जान भ्याइनभ्याई छ ।


समुहकी अध्यक्ष सावित्री अर्यालले महिला समुहमार्फत धार्मिक गतिविधिमा सघाउन महिलाहरुले आफ्नो खर्चबाटै बाजाहरु खरिद गरेको बताइन् । समूहको भजनमा भगवाको नाम जप्दै भजनको तालमा नाच्ने र गाउनेको कमी हुदैन । समुहमा आवद्ध रहनुभएका १२ जना महिलाको हातमा विभिन्न बाजाको सिप छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रमा रहेका धार्मिकस्थलका साथै ब्रतबन्ध, पूजाआजालगायत अन्य चाडपर्वमा समेत पुगेर भजनकीर्तनमा सहभागि छन् ।नेपाली लोपोन्मुख भजनका टुक्का सहित बाजाका धुन सुन्ने र नाच्नेको समेत भिड लाग्छ ।


घरायसी काममा मात्रै सीमित महिलाहरू अहिले भजन समुहमा आवद्ध भएर धार्मिक संस्कृतिको जर्गेना गर्ने अभियानमा जुटेको समुहकी अध्यक्ष अर्यालको भनाई छ । भजनकीर्तन पुरूषले मात्रै बजाउनुपर्छ भन्ने परम्परागत मान्यतालाई टोड्न सफल भएको बताउँदै अध्यक्ष खड्काले धर्म,संस्कृतिको संरक्षणसँगैनयाँ पुस्तालाई समेत समुहमा आवद्ध गरी भजन संस्कृतिबारे अवगत गराइएको छ ।

बागलुङ कालिका मन्दिरमा नियमित तथा म्याग्दीको गलेश्वरधाम लगायतका प्रसिद्ध धार्मिकस्थलमा पर्वको अवसरमा आउने गरेको छ । भजनर्कितनलाई थप ब्यवस्थित र प्रभावकारी बनाउन हार्मोनियम र तबलावादन लगायतका संगीत साधनमा प्रशिक्षण समेत दिने गरिन्छ । यो समुहले विभिन्न प्रतियोगितामा पुरुषको टोलीलाई समेत पराजित गरी उपाधी जितेको उदाहरण रहेको छ ।

Leave a Comment