बेनी नगरपालिका–८, कालीपुलमा रहेको बालमन्दिर माविमा स्व. झलप्रसाद गौचनको स्मृतिमा अक्षयकोष स्थापना भएको छ । गत वर्ष दिवंगत हुनुभएको बेनीको शिक्षामार्ग निवासी गौचनको स्मृतिमा उहाँका परिवारले अक्षयकोष स्थापना गर्न बुधबार रु. एक लाख एक हजार एक सय ११ सहयोग गर्नुभएको छ ।

गौचनका श्रीमति रामकुमारी गौचन र छोरा क्याप्टेन केशवप्रसाद गौचनले विद्यालयमा आयोजित एक कार्यक्रमका बीच रकम हस्तान्तरण गर्नुभएको प्रअ सुरेन्द्रप्रसाद केसिले जानकारी दिनुभयो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी, वडा नं.–८ का अध्यक्ष उत्तम कर्माचार्य लगायतको उपस्थितिमा रकम हस्तान्तरण गर्नुभएको थियो । विद्यालयले सहयोगदाता गौचन परिवारलाई धन्यवाद सहित सम्मान गरेको छ । कार्यक्रमको सञ्चालन सहायक प्रअ गिता सुवेदीले गर्नुभएको थियो ।















