---Advertisement---

११ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा बेनी नगरपालिका अग्रस्थानमा

On: December 11, 2025 8:34 PM
Follow Us:

म्याग्दी सदरमुकाम बेनीमा ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिका ८ स्वर्ण सहित अग्रस्थानमा रहेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामो पुर्वराज्यमन्त्री खमबहादुर गर्बुजा (खमवीर)ले उद्घाटन गर्नुभएको प्रतियोगिताको बिहिबार सम्पन्न खेलमा बेनी नगरपालिका ८ स्वर्ण, ६ रजत र २ काँस्य सहित अग्रस्थानमा रहेको छ । प्रतियोगितामा गतबर्षको विजेता रघुगंगा गाउँपालिका ५ स्वर्ण, ६ रजत ३ काँस्यसहित पच्छाइरहेको छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिका २ स्वर्ण, १ रजत १ काँस्य, धवलागिरी गाृउँँपालिका १ स्वर्ण २ रजत, ५ काँस्य, मालिका गाउँपालिका २ रजत, ३ काँस्य र मंगला गाउँपालिकाले १ काँस्य पदक जितेको छ ।

प्रतियोगितामा छात्र र छात्रा तर्फ भलिबल, कबड्डी र एथलेटिक्सतर्फ विभिन्न विद्यामा गरी कुल ४२ स्वर्ण पदकका लागि खेल प्रतिस्पर्धा भइरहेको सचिवालय ब्यवस्थापक बिरेन्द्र श्रेष्ठले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

प्रतियोगितामा पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बिजेता बनेर छनौट भएका विद्यार्थी खेलाहरुले जिल्ला स्ततीय प्रतियोगितामा प्रतिस्पर्धाका लागि आएका छन् ।


शुक्रबार सम्पन्न हुने प्रतियोगितामा ६ वटा पालिकाका करिब ४ सय विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाएको आयोजनक जिल्ला खेलकुद विकास समितिले जनाएको छ। प्रतियोगितामा प्रथम हुने पालिकालाई नगद रु २० हजारको साथमा रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितीय र तृतीय हुने पालिकालाई क्रमश ः नगद रु १५ हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ । प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै पूर्वराज्यमन्त्री गर्बुजाले खेलकुद र राजनीतिमा हारजित हुने भएकाले सामान्य लिनुपर्ने बताउनुभयो । निर्वतमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका गर्बुजाले खेलकुदमार्फत राष्ट्र«लाई चिनाउन सकिने बताउनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका मेयर सुरत केसी र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले मन्तब्य राख्नुभएको थियो । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

पालिकास्तरमा पहिचान भएका खेलाहरुलाई जिल्ला तथा प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्नका लागि समितिमार्फत प्रशिक्षण सहित प्रोत्साहनका कार्यहरु समेत गरिने बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा स्वागत, कोषाध्यक्ष नगेन्द्र मल्लको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताको भलिबल, कवडड्ी सहितका फाइनल खेलहरु शुक्रबार खुल्लामञ्चमा सञ्चालन गरिने छ ।

Leave a Comment