---Advertisement---

बेनी सामुदायिक माविका निर्वतमान प्रअ श्रेष्ठको अभिनन्दन सहित भब्य विदाई

On: December 11, 2025 10:03 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा कार्यरत शिक्षक दिपक श्रेष्ठको भब्य विदाई भएको छ । विद्यायबाट अवकाश लिनुभएका निर्वतमान प्रअ श्रेष्ठलाई विद्यालय, अभिभावक तथा विद्यार्थीले पञ्चेबाजा बजाएर बेनबिजार बजार परिक्रमा गराएर अभिनन्दन गरेर बिदाइ गरिएको हो । विद्यालयमा विदाई कार्यक्रमसँगै बजार परिक्रममा गरी संगमचोकस्थित घरसम्म लगेर अभिनन्दन गरिएको हो । विद्यालयमा २०६७ देखि २०६९ सम्म प्राचार्य र २०६९ देखि २०८२ मङ्सिर १७ सम्म प्रधानाध्यापक भई विद्यालयको शैक्षिक विकासमा योगदान गरेको भन्दै अभिनन्दनसहित बिदाई गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।


अभिनन्दन कार्यक्रममा बोल्दै निर्वतमान प्रअ श्रेष्ठले आफ्नो कार्यैकालमा सहयोग गर्ने शिक्षक, अभिभावक सहित सम्पूर्णलाई धन्यवाद दिदैं विद्यालयलाई आफ्’नो साथ र सहयोग रहेको बताउनुभो । ‘मैले भूमिका मात्रै परिवर्तन गरेको छु, विद्यालयलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्छु, टाढाटाढा रहेका मेरा विद्यार्थीलाई धेरै सम्झना छ’ श्रेष्ठले भन्नुभयो । विदाई तथा अभिनन्न्द कार्यक्रममा विद्यार्थीले विभिन्न कार्यक्रम श्रेष्ठको योगदानको समेत चर्चा भएको थियो । विद्यालयका नवनियुक्त प्रअ भिम घर्तीले विद्यालयमा निर्वतमान प्रअ श्रेष्ठले गरेको योगदानको सधै सम्झना रहने र आगामी दिनमा पनि विद्यालयका हरेक अभियानमा जोड्ने बताउनुभयो । बिदाइ कार्यक्रममा बजारवासीले समेत फुलले स्वागत गरेका थिए ।

विद्यालयले आयोजना गरेको बिदाई कार्यक्रममा बाजासहित शिक्षक, अभिभावक र विद्यार्थीले श्रेष्ठलाई गाडीमा राखेर बजार परिक्रमा गराउने क्रममा अभिभावक र विद्यार्थीको आँखा रसाएका थिए ।

निर्वतमान प्रअ श्रेष्ठको कार्यकालमा विद्यालय नेपालमै सवोत्कृष्ट घोषित भएको थियो भने गण्डकी प्रदेशमा उत्कृष्ट सहित सरकारी निकायको सूचकहरुमा समेत म्याग्दीको पहिलो र देशरभर उत्कृष्ट विद्यालयभित्र पर्ने गरेको छ । सामुदायिक विदालयमा विद्यार्थीको लहर ल्याउन निर्वतमान प्रअ श्रेष्ठ सहित विद्यालयका शिक्षकको मेहनतको सर्वत्र चर्चा हुने गरेको छ । बेनी सामुदायिक माविमा देशरभबाट करिब २ सय विद्यालयको शैक्षिक भ्रमण समेत भएको छ।

Leave a Comment