---Advertisement---

मुस्ताङ भन्सार : साढे चार अर्व राजस्व उठ्यो

On: December 12, 2025 10:44 AM
Follow Us:

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयमा ले मङ्सिर २४ गतेसम्म चार अर्ब ५७ करोड एक लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार नाकाबाट भित्रिएका सवारीसाधनको जाँचपास गरी गन्तव्यतर्फ पठाउने कार्यलाई तीव्रता दिइएको छ ।

मुस्ताङ भन्सार कार्यालयबाट नौ अर्ब ७८ करोड ३९ लाख बराबरको सामान मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने तथा १५ करोड ६८ लाख ५७ हजारको नेपालमा उत्पादन हुने हस्तकला साम्रागी, कपडा लगायतका सामान निकासी गरिएको छ ।

वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८२/०८३ भदौ महिनाको ३० गतेदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको थियो । 

Leave a Comment