११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सदरमुकाम बेनीबजारमा सञ्चालित प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र ६ काँस्य सहित ४५ पदक जित्दै बेनी नगरले उपाधि हात पारेको हो ।

प्रतियोगितामा ८ स्वर्ण, ५ रजत,३ काँँस्य पदक सहित १६ पदक जितेर अन्नपूर्ण गाउँपालिका द्धितिय र ६ स्वर्ण, १२ रजत र १० काँस्य सहित रघुगंगा गाउँपालिका तेस्रो बनेको हो । प्रतियोगितामा म्याग्दीका ६ वटा पालिकाबाट ४५ एकल तथा सामुहिक खेलका लागि करिब ४ सय विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए ।

प्रतियोगिताको विधागत प्रतिस्पर्धामा कवडड्ीमा छात्रछात्रा दुबै समुहमा बेनी नगरपालिका प्रथम भएको छ ।बेनी नगरपालिकाकाले छात्रमा अन्नपूर्ण र छत्रातर्फ मालिका गाउँपालिकालाई पराजित गरेको थियो । प्रतियोगितामा छात्र भलिबल मालिका गाउँपालिका र छात्रा बेनी नगरपालिकाले हात पारेको जिल्ला खेलकुद विकास समितिका सचिवालय ब्यवस्थापक बिरेन्द्र श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने पालिका तथा खेलाडी, अफिसियललाई पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका मेयर सुरत केसी, बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, राष्ट्रि«य महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने पालिकालाई नगद रु २० हजारको साथमा रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितीय र तृतीय हुने पालिकालाई क्रमश ः नगद रु १५ हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा समेत उत्कृष्ट खेलका लागि आवश्यक सम्पूर्ण सहयोग गरिने आयोजनक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले बताए ।

पालिकास्तरमा पहिचान भएका खेलाहरुलाई जिल्ला तथा प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्नका लागि समितिमार्फत प्रशिक्षण सहित प्रोत्साहनका कार्यलाई निरन्तरता दिने अध्यक्ष बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा कोषाध्यक्ष नगेन्द्र मल्लले सञ्चालन गरेका थिए ।










