आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दैउत्सवको रुपमा मनाउनेहरूको बीचमा एक बालकको जन्मदिन बेनी नगरपालिका–४,सिंगास्थित धौलागिरी माविको बहिरा स्रोत कक्षामा अध्ययनरत विद्यार्थीसँगै मनाइएको छ ।

शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी मालिका गाउँपालिका–६,दुखुबेसी घर भई हाल बेनी नगरपालिका–७ इन्द्रेणी टोलमा बस्ने ९ बर्षिय सामुएल रोकाको जन्मदिनको अवसरमा हाल अस्टेलियामा रहेका सुवास रोका,मेलिना रोकाले बहिरा स्रोत कक्षामा अध्ययनरत १२ जना बालबालिका र एक अभिभावकविहिन विद्यार्थीलाई ३३ हजार बराबरको न्यानो कपडा सहयोग गर्नुभएको हो ।

जन्मदिनको अवसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुवनप्रसाद रेग्मीले अभिभावकविहिन तथा आर्थिक अवस्था कमजोर भएका बहिरा विद्यार्थीलाई जाडोमा न्यानो कपडाले राहत मिलेको बताउनुभयो । जन्मदिनको अवसरमा बालक सामुएल रोकाका हजुरआमा नरमायाँ रोका, पिपला तिलिजा, आफन्त पुष्पा पुन लगायतको उपस्थिती रहेको थियो ।

हरेक बर्ष जन्मदिनको अवसरमा फजुर खर्च नगरी रचनात्मक कार्यमा सहयोग गर्ने गरी बहिरा विद्यार्थीलाई सहयोग गरिएको बालकका बुबा सुवास रोकाले बताउनुभयो । धौलागरी माविका शिक्षक खोमराज पौडेलले जन्मदिनको अवसरमा आयोजित कार्यक्रमको सञ्चालन गदैं उक्त सहयोगबाट जाडोयाममा पठनपाठन मा सहज हुने र विगतमा पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।











