---Advertisement---

मगर संघ म्याग्दीको अध्यक्षमा खम थापा मगर

On: December 12, 2025 9:51 PM
Follow Us:

नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको अध्यक्षमा खम थापामगर चयन हुनुभएको छ । शुक्रबार बेनी नगरपालिका–८ शिक्षामार्गस्थित मगर संघको ‘सभाहलमा आयोजित ९ औं जिल्ला अधिवेशनबाट थापामगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा विष्णुकुमारी रोका मगर, सचिव हिराबहादुर पुन मगर, कोषाध्यक्ष दुर्गा बुढा मगर, सह–सचिव रमेश फगामी मगर रहनुभएको छ ।


कार्यसमितिको सदस्यमा एकजित रोका मगर, देव राना मगर, टकबहादुर पुन मगर, बिजय घर्ती मगर, तिलक पुन मगर, बिमला शेरपुञ्जा मगर, धविना पुन मगर, टकमायाँ पूर्जा मगर, इयामबहादुर बुढाथोकी मगर र नन्द कुमार पाईजा रहेको अध्यक्ष थापा मगरले जानकारी दिनुभयो । अधिवेशनको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभएको थियो ।

मगर संघ जिल्ला समन्वय समितिका कार्यबाहक अध्यक्ष थापा मगरको अध्यक्षता, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य हिरा बहादुर पुन, पालिकास्तरीय समितिका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । नवनिर्वाचत कार्यसमितिले समुदायको हकहित सहित विभिन्न कार्यक्रमहरुलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

Leave a Comment