---Advertisement---

म्याग्दी प्रहरीद्धारा यूवा लक्षित कार्यक्रमको सुरुवात

On: December 13, 2025 7:22 AM
Follow Us:

जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत यूवा लक्षित कार्यक्रमको सुरुवात गरेको छ । म्याग्दीका सबै स्थानीय तहमा रहेका बिबिध सृजनात्मक तथा सामाजिक कार्य सञ्चालन गरिरहेका यूवा क्लवसँग सहकार्य गर्ने उदेश्यले सुरू गरिएको अभियान अन्तरगत बेनी नगरपालिका–७, मंगलाघाटमा रहेको बौद्ध यूवा क्लवसँग मिलेर पर्यटकीयस्थल लभ्लीहिल सरसफाई गरिएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्यबहादुर थापाले युवा क्लवहरुसँवर्तमान विशिष्ट परिस्थितिमा आपसी समन्वय, सहकार्य तथा सहयोग आदानप्रदान गर्दै म्याग्दी जिल्लामा समग्र शान्तिसुरक्षा, सामाजिक सचेतना, भातृत्वभाव अभिवृद्धि गरी म्याग्दी जिल्लालाई थप सुरक्षित, सभ्य र समृद्ध बनाउनका लागि हातेमालो गरिएको बताउनुभयो ।

प्रनाउ थापाका अनुसार म्याग्दीका सबै स्थानीय तहमा रहेका यूवा क्लवहरुको विवरण संकलन गरिएको छ भने यूवाहरुसँग समुदायस्तरम गर्न सकिने कार्यहरुमा बारेमा समेत सामुहिक छलफल पछि योजना समेत बनाइने छ । म्याग्दी सुरु भएको यो अभियानले विकृति, अपराधजन्य गतिविधिको अन्त्यमा समेत सघाउने छ ।


प्रहरीले जिल्लाभित्र अपराधिक गतिविधिको न्यूनिकरणमा यूवाहरुको सहयोगसँगै लागु औषध दुव्र्यसन, बिबिध हिंसा, बालबिबाह, साईबर अपराध आदी बिरुद्धका सचेतनामुलक कार्यक्रम, सार्वजनिक स्थलहरुको सरसफाई,सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना,बिभिन्न मैत्रीपुर्ण खेल, बृक्षारोपण तथा रक्तदान कार्यक्र सहित अन्य रचनात्मक कार्यमा समेत यूवासँगै जोडिएर गर्ने जनाएको छ ।

Leave a Comment