बेनी बजारको संगमचोकमा युटर्न इन्टरनेशनल प्रा.लि.को बिक्री तथा सेवा केन्द्र स्थापना भएको छ । माहुरी, जडिवुटीजन्य घरायसी, सौन्दर्य र उपभोग्य बस्तुको उत्पादक कम्पनी युटर्नले आफ्ना उत्पादनको बिक्री तथा ब्यापारका लागि संगमचोकमा केन्द्र खोलेको हो । बिक्री कक्षको कम्पनीका गण्डकी प्रदेश कार्यालय प्रमुख भोजकुमारी त्रिपाठीले उद्घाटन गर्नुभयो ।

एक वटा वडामा एक वटा बिक्री केन्द्र बनाउने कम्पनीको लक्ष्य अनुसार पुष्पाञ्जली पौडेलले सेवा केन्द्र सञ्चालन गर्नुभएको हो । युटर्न इन्टरनेशनल कम्पनीका सामग्री उपभोक्ताहरुका लागि बेनीमा बिक्री कक्ष स्थापना भएपछि सामान खरिद गर्न सहज भएको छ ।

‘चिन्तामुक्त मानव, निरोगी समाज, उद्यमशील राष्ट्र, गौरवशाली युटर्न’ भन्ने मुल नारा बनाएको कम्पनीले प्रत्यक्ष विक्री प्रणाली मार्फत स्वदेशी, विशेष गरी मौरी र जडीवुटीजयन्य, स्वास्थ्य तथा कल्याण सम्बन्धी उत्पादनहरुको वितरण गरी मानिसहरुलाई स्वास्थ्य जीवन प्रदान गर्ने र युवाहरुलाई स्वरोजगार र उद्यमशिलता को अवसर दिदै राष्ट्रको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्य राखेको छ ।







