---Advertisement---

मोवाइल खरिद गर्दा स्कुटर उपहार

On: December 15, 2025 5:34 PM
Follow Us:

म्याग्दी सदरमुकाम बेनीमा रहेको नरेश मोवाइल सेन्टरमा एक ग्राहकले मोवाइल खरिद गर्दा स्कुटर उपहार पाउनुभएको छ । युवा व्यवसायि नरेश श्रेष्ठले आफ्नो पसल ‘नरेश मोवाइल’ स्थापना भएको १३ बर्ष पुरा भएको अवसरमा ग्राहकलाई दिनुभएको मोवाइल खरिद गर्दा ‘लक्की ड्र’ को अवसरबाट मंगला गाउँपालिका– ३ बरंजाकी पुर्णकली पुर्जाले स्कुटर जित्नुभएको हो ।

सोमबार सार्वजनिक गरिएको लक्की ड्र मा चिठ्ठा प्रणालीबाट पूर्जाले रु २ लाख ५१ हजार मुल्य पर्ने टिभिएस कम्पनीको एनट्रक १२५ सिसी क्षमताको स्कुटर प्राप्त गर्नुभएको हो । पुर्जाले नरेश मोवाईलबाट रु १२ हजार मुल्य पर्ने रेडमी ए फाइभ मोवाइल खरिद गर्नुभएको थियो ।

व्यवसायि श्रेष्ठका बुबा देउप्रसाद श्रेष्ठले स्कुटर बिजेता पुर्जालाई स्कुटरको चाबि हस्तान्तरण गर्नुभएको थियो । आफुलाई आबश्यक परेको मोवाइल खरिद गर्दा स्कुटर उपहार पाउँदा हर्षित भएको पुर्जाले बताउनुभयो । गत भदौ ११ गतेदेखि मंसीर मसान्तसम्म मोवाइल खरिद गरेका ग्राहकलाई लक्की ड्र योजनामा समावेश गरिएको र खुला रुपमा चिठ्ठा तानेर स्कुटर बिजेता छनौट गरिएको नरेश मोवाइल सेन्टरका सञ्चालक नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार, उक्त अवधिमा मोवाइल खरिद गरेका ग्राहकहरुमध्ये लक्की ड्र बाटै छनौट गरेर ५० जनालाई इयरवट्स, १० जनालाई स्मार्ट वाच, १० जनालाई स्पीकर प्रदान गरिएको छ भने लक्की ड्र सार्वजनिक कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणमध्ये एक जनालाई रु १३ हजार ५ सय मुल्य बराबरको रियलमी मोवाइल ५ जनालाई रु ४ हजार मुल्य पर्ने इयरवट्स, र एक जनालाई रु नौ हजार मुल्य पर्ने इयरवट्स उपहार प्रदान गरिएको छ ।

Leave a Comment