---Advertisement---

लिटल गार्डेन एकेडेमीले २ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

On: December 16, 2025 9:44 PM
Follow Us:

बेनीको लिटल गार्डेन एकेडेमीले मंगलबार २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै जिल्ला समन्यव समितिका उपप्रमुख डिलकुमारी खत्रीले नेपालको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले लिटिल गार्डेन एकेडेमीले जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै यस कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो । रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष अमृत भण्डारीले २२ वर्षको दौरानमा लिटिल गार्डेनले शैक्षिक क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको बताउनुभयो ।

निजी तथा आवासीय विद्यालयहरुको अर्गनाईजेशन (प्याब्सन) म्याग्दीका सचिव सन्दिप खत्रीले नेपालको समग्र शैक्षिक क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नको लागि निजी विद्यालयहरुले विशेष भूमिका खेलेको स्मरण गर्नुभयो । विद्यालयका संस्थापक÷निर्देशक बालकृष्ण सुवेदीले लिटिल गार्डेन एकेडेमीले जिल्लामै उत्कृष्ट नतिजा हासिल गरिरहेको बताउँदै यसलाई आगामी दिनमा पनि कायम राख्दै निरन्तरता दिइने बताउनुभयो ।

उहाँले अभिभावक र विद्यार्थीहरुको चाहनाअनुसार भविष्यमा विद्यालयलाई थप अगाडि बढाउने आफ्नो योजना रहेको सुनाउनुभयो । कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष टेकप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा गत शैक्षिक सत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यालयको तर्फदेखि सहभागी भई उत्कृष्ट अङ्कसहित जिल्ला प्रथम हुने सुलभ सुुवेदी लगायतलाई कदरपत्रले सम्मान गरिएको थियो । त्यस्तै वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीलाई पनि सम्मान गरेको जनाएको छ । विद्यालयका प्रिन्सिपल दिपक सुवेदीको अध्यक्षता र शिक्षक प्रेम जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।

Leave a Comment