---Advertisement---

म्याग्दीबाट राप्रपाका ४ जनाको नाम सिफारिस

On: December 17, 2025 7:44 PM
Follow Us:

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीले आगमी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फ गरी ४ जनाको नाम सिफारिस गरेको छ ।

बुधबार जिल्ला कार्यसमितिको बैठकले पार्टीका संरक्षक एवम् पूर्वराज्यमन्त्री भिमप्रसाद गौचनको समानुपातिक तर्फ एकल नाम सिफारिस गरेको छ भने प्रत्यक्षतर्फ खसआर्यमा डम्बरबहादुर सुबेदी,अल्पसंख्य जनजातितर्फ जगतनारायण गौचन र महिलातर्फ मिठुकुमारी थापाको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष बिरबहादुर थापाले बताउनुभयो ।


बैठकमा उम्मेदवार सिफारिससँगै चुनावी अभियान तथा रणनीति बनाउने निर्णय भएको अध्यक्ष थापाको भनाई छ । जिल्ला कार्यसमितिको बैठकले विगतमा प्रदेश र संघीय निर्वाचनमा समानुपातिकतर्फ गरिएको उपेक्षालाई यसपटक एकल सिफारिस मार्फत सन्देश प्रवाह गरेको कार्यसमिति सदस्य देबेन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो ।प्रत्यक्ष तथा समानुपातिक तर्फका आकाङ्क्षीहरुको नाम सङ्कलन गरी अन्तिममा सर्वसम्मत सिफरिस गरिएको थियो ।

Leave a Comment