---Advertisement---

बेनी सामुदायिकका प्रअ र सहायक प्रअद्धारा पदभार ग्रहण

On: December 17, 2025 8:44 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयका नवनियुक्त प्रअ र सहायक प्रअको बुधबार पदभार ग्रहण गरिएको छ। विब्यसद्धारा आयोजित कार्यक्रममा विब्यसका पूर्व अध्यक्ष, छिमेकी विद्यालयका प्रअ सहितको उपस्थितीमा आयोजित कार्यक्रममा प्रअ भीम बहादुर घर्ती र सहायक प्रअ शिवदत्त रेग्मीले विद्यालयको शीर उच्च हुने गरी काम गर्ने बताउनुभयो ।

पदभार ग्रहणमा प्रअ घर्तीकी आमा गर्मती घर्तीमगर सहितको उपस्थिती रहेको शिक्षक सचिन शाक्यले जानकारी दिनुभयो ।


सोही अवसरमा विब्यस अध्यक्ष रमेशकुमार श्रेष्ठल शैक्षिक, खेलकुद सहित अतिरिक्त क्रियाकलापमा विद्यालयलाई थप उचाईमा पुर्याउन समितिबाट निरन्तर सहयोग हुने बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिको निर्णयबाट शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले शिक्षा नियमावली२०५९ संसोधन सहितको नियम ९३ अनुसार ५ बर्षका लागि घर्तीलाई मंगलबार प्रअमा नियुक्ती गरेपछि बुधबार पपभार ग्रहण कार्यक्रम गरिएको थियो । पदभार ग्रहण कार्यक्रममा बिब्यस, शिक्षक अभिभावक संघ सहितको उपस्थिती रहेको थियो ।

Leave a Comment