बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथासिचाई विकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको योजनाबाट ४८ घरपरिवार लाभान्वित भएका छन् । हलीसेको मुहानबाट ल्याएको पानीलाई २५ हजार, १५ हजार र पाँचहजार लिटर क्षमताको तीन वटा टंकीमा संकलन गरेर घर घरमा धारा बनाएर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण सुनारले जानकारी दिनुभयो ।

“रु. एक करोड ३४ लाख लागत अनुमान गरिएको योजना श्रमदान सहितकरिब रु. एक करोडको लगानीमा दुई वर्षमै सम्पन्न गरेकाहौ,” उहाँले भन्नुभयो “पाइप र धारा जडानका सामग्री कार्यालयले खरिद गरेर उपलब्ध गराएको हो ।” मुहान, मुख्यपाइपलाइन, टंकी लगायतमुख्य संरचना समितिमार्फत र शाखापाइपलाईन खन्नेपुर्ने श्रमदानबाट गरिएको अध्यक्ष सुनारले बताउनुभयो ।

योजनाको दिगोपना र पानीको मितब्ययी प्रयोगका लागि घरघरमा मिटर जडान गरिएको र न्युनतम शूल्क निर्धारण गरिने उपभोक्ता समितिले जनाएको छ । वि.स. २०५४ मा हेल्भेटास संस्थाको सहयोगमा डाडाखानीमा निर्माण भएको खानेपानी योजनाको धारा, टंकी र मुहानका संरचना जिर्ण भएकाथिए ।

सार्वजनिकधारामा नियमित पानी आउन छाडेपछि खानेपानीको समस्या हुन थालेको थियो । उपभोक्ता समितिकाउपाध्यक्षधनबहादुर श्रीसले घरघरमाखानेपानीधारा निर्माण गरेर नियमितपानीवितरण हुनथालेपछि समयको बचत र झञ्जट हटेको बताउनुभयो । घरायसी, व्यक्तिगत र सामुदायिक सरसफाईमा सहयोग पुगेको उहाँले बताउनुभयो ।

योजनाको बेनीनगरपालिका–३ का वडा अध्यक्षपदमपुनले मंगलबार उद्घाटन गर्नुभयो । डाडाखानीमा खानेपानी समस्या समाधानकालागिप्रदेश सरकारसँग समन्वय गरेर योजनाभित्र्याएको र सम्पन्नहुने चरणसम्म योगदानगर्ने सबैलाइृ धन्यवाददिनुभयो ।
कार्यक्रममा बेनीनगर कार्यपालिका सदस्यमनकुमारी बिकको आतिथ्यता रहेको थियो । खानेपानी योजना सम्पन्न भएको खुसीयालीमाउपभोक्ताहरुले नाचगान गरेर खुसीयालीमनाएका छन् ।








