---Advertisement---

विद्यालय बेथिति अन्त्य गर्न अभिभावक नै आन्दोलनमा उत्रनुपर्छः शिक्षामन्त्री पुन

On: December 21, 2025 9:52 AM
Follow Us:

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षाको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै सक्रिय हुनुपर्ने बताएका छन्।

उनले मन्त्रालयले दिने निर्देशनले स्थानीय तहका विद्यालयहरूमा सुधार नआउने भन्दै अभिभावकहरूले नै तदारुकता देखाउनुपर्नेमा जोड दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन गर्दैनन् र कडा चेतावनी दिंदैनन्, तबसम्म सुधार हुन गाह्रो छ।’

शिक्षा मन्त्री पुनले संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गर्दै विद्यालय सुधारका लागि आवाज उठाउने पूर्ण अधिकार नेपालको संविधानले नै अभिभावकहरूलाई दिएको बताएका छन्।

शिक्षा मन्त्रालयले काठमाडौंबाट निर्देशन जारी गर्दा स्थानीय तहका विद्यालयको शिक्षा सुधार नहुने हुँदा बालबालिकाको भविष्य सुधारमा अभिभावक आफैं लाग्नुपर्ने उनको भनाइ छ।

Leave a Comment