म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिल्बाङका आगलागी पिडित परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले आर्थिक सहयोग गरेको छ । आगलागीबाट स्थानीय भिमबहादुर पुनको घर पूर्ण रुपमा जलेर नष्ट भएपछि आपतकालिन आवश्यकताका लागि मोना कतारले रु १० हजार वडा अध्यक्ष उदय बुढाथोकी मगरले पीडितलाई हस्तान्तरण गर्नुभएको थियो ।
यसअगाडी मोना कतारका संरक्षक एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले समेत पीडितलाई लायन्स क्लवमार्फत ५ हजार सहयोग गर्नुभएको मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले बताउनुभयो । दुखदको समयमा सानोरकम सहयोग गरिएको बताउँदै अध्यक्ष भण्डारीले पीडितलाई सहयोग गर्न समेत सबैलाई अनुरोध गर्नुभएको छ ।

आगलागीबाट करिब १५ लाखको क्षती भएको वडा अध्यक्ष बुढाथोकी मगरको भनाई छ । पीडित पुनसहित ३ जना अहिले सुरक्षित बासस्थानको खोजीमा छन् । म्याग्दीबाट कतारमा गएका म्याग्देलीले मोना कतार तथा मोना कतार बहुउदेश्यीय अक्षय कोषमार्फत सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने गरेका छन् ।











