बेनीकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनीको १६ र्औं बार्षिक साधारणसभा बीर बहादुर थापा क्षेत्री अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
सदरमुकाम बेनीमा सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्ष नरसिह वहादुर खत्री, सचिव देवेन्द्र बहादुर घिमिरे, कोषाध्यक्ष विना कुमारी शेरचन, सहसचिव मुकुन्दराज रेग्मी, सदस्यहरु चन्द्र भट्टचन, बुद्धि बहादुर कार्की, शिव कुमार भट्टचन, टेक बहादुर कार्की लेखा समिति संयोजकमा इन्द्र बहादुर बानियाँ, ऋण समिति संयोजकमा शान्ति भट्टचन चयन भएको सचिव घिमिरेले बताए ।
साधारणसभाको सल्लाहकार भिमप्रसाद गौचनले उद्घाटन गरेका थिए । बि.स २०६६ सालमा स्थापना भएको सहकारीमा बचत तथा निक्षेप ४ करोड २८ लाख बचत रहेकोमा कर्जा ४ करोड ५९ लाख ५३ हजार लगानी रहेको छ भने विभिन्न कोषमा २४ लाखभन्दा बढी रहेको छ ।












