उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ।
पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी १८औं संस्करणको उपाधि जितेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ्ग शिल्ड हात पारेको छ । योसँगै प्रतिभाले हिसान स्पोर्ट्स मिटको उपाधि लगातार चौथो पटक जित्दै न्यूग्यालेक्सीसँग उपाधि जित्नेमा बराबरी समेत् गरेको छ ।
सम्पन्न १८औं हिसान स्पोर्ट्स मिटमा प्रतिभाले छात्रा भलिबल, ब्याडमिन्टन र छात्र बास्केटबलमा टिम च्याम्पियन हुँदै २१ अंक, छात्र भलिबल र टेबुल टेनिसमा टिम उपविजेता हुँदै १० अंक तथा छात्रा भलिबलमा तेस्रो स्थान हुदै ३ अंक प्राप्त गर्दा कुल ३४ अंकका साथ उपाधि विजेता बनेको हो । प्रतिभाले हिसान स्पोर्ट्स मिटमा हाल सम्मकै सर्वाधिक अंक हासिल गरी रेकर्ड समेत ब्रेक गरेको छ । गत संस्करणका प्रतिभाले समग्रमा ३१ अंक प्राप्त गरेको थियो ।
यसै गरी सोमबार सम्पन्न छात्र बास्केटबल फाइनलमा प्रतिभाले मनकामना माविलाई ७४–६७ ले पराजित गर्दै टिम च्याम्पियन हुदा न्यूग्यालेक्सीले कास्की मोर्डनाइज्डलाई तेस्रो स्थानको खेलमा ४६–३५ को स्कोरले पराजित गरेको थियो । छात्र बास्केटबलमा मष्ट भेलुयलबल प्लेयर प्रतिभाका अलन शेरपुजा बने भने हाइऐष्ट स्कोरर मनकामनाका दर्शन पाइजा बनेका छन् । त्यस्तै छात्रातर्फ लिजा थापा (फिसटेल) मष्ट भेलुयबल प्लेयर तथा सोही विद्यालयकी आइको लक्ष्मी हाइऐष्ट स्कोरर घोषित भए ।
छात्रा भलिबलतर्फ फाइनलमा प्रतिभाले गुरूकुललाई २५–१९ र २५–११ ले पराजित गर्दा तेस्रो स्थानका लागि भएको खेलमा न्यू ग्यालेक्सीले पश्चिमाञ्चललाई २५–१९ र २५–१४ ले पराजित गरेको थियो । न्यूग्यालेक्सीले माउन्ट अन्नपूर्णलाई २५–२०, १५–२० र २५–१४ ले पराजित गरेको थियो । छात्र भलिबलतर्फ अजय सुनार (पोखरा युनाइटेड)का उत्कृष्ट खेलाडी तथा लबसन सुनार (प्रतिभा)का उत्कृष्ट स्पाइकर बने । त्यस्तै छात्रातर्फ उत्कृष्ट खेलाडी सुदिना गुरूङ (प्रतिभा) र उत्कृष्ट स्पाइकर सुष्मा विक (गुरूकुल) घोषित भए ।













