---Advertisement---

तेस्रो मोना क्रोएसिया भलिबल कपको उपाधि आयोजकको पोल्टामा

On: December 23, 2025 8:42 AM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) क्रोएसिया द्वारा आयोजित तेस्रो मोना भलिबल कप प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा परेको छ । प्रतियोगितामा सुदूरपश्चिम नेपाली समाज उपविजेता भएको छ ।


प्रतिस्पर्धात्मक फाइनल खेलमा मोना क्रोएसियाले पहिलो दुई सेट जितेको थियो भने सुदूरपश्चिम समाजले अर्को दुई सेट आफ्नो पक्षमा पारेको थियो। निर्णायक अन्तिम सेटमा मोना क्रोएसियाले १५-८ को स्कोरसहित शानदार जित निकाल्दै उपाधि हात पारेको हो। प्रतियोगितामा उत्कृष्ट खेलाडी नबिन थापा, उत्कृष्ट स्पाइकर बिमल सुनुवार, उत्कृष्ट सेटर रमेश गुरुङघोषित भएको मोना क्रोएसियाका संस्थापक अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।


मोना क्रोएसिया टिमका कोच तेज सुन्दास, टिम म्यानेजर कासीराम खाती, कप्तान पुष्कर थापा मगर तथा खेलाडीहरू सुजन बैद, बिनोद सर्वन, नवीन थापा मगर, किसान परियार, बिमल सुनुवार, रमेश परियार र पदम कार्की को योगदान प्रशंसनीय रहेको आयोजकले जनाएको छ।विभिन्न संघ–संस्था, समाजसेवी, खेलप्रेमी तथा सहभागी टोलीहरूको उल्लेखनीय सहयोग र सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।

हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाका युवा संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि नुर्बु लामा, विशेष अतिथि तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाश तामाङ र सुदूरपश्चिम समाज क्रोएसियाका अध्यक्ष बासुदेव ओझाको उपस्थिती रहेको थियो । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो ।

यस प्रकार खेलकुदमार्फत स्वास्थ्य, एकता र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित तेस्रो मोना भलिबल कप प्रतियोगिता ऐतिहासिक र सफल रूपमा सम्पन्न भएको आयोजक मोना क्रोएसियाले जनाएको छ।

Leave a Comment