---Advertisement---

अन्तरमावि विज्ञान प्रदर्शनीमा बेनी बोर्डिङ प्रथम

On: December 23, 2025 9:27 PM
Follow Us:

हरिकृष्ण गौतम

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विज्ञान प्रदर्शनीमा बेनी बोर्डिङ प्रथम भएको छ । मंगलबार विद्यालयमा आयोजित प्रर्दशनीमा द्वितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि,तृतिय प्रकाश मावि र सान्त्वना न्यू होराइजन आवासीय मावि पर्वतबेनी भएको विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो ।


उत्कृष्ट विद्यालयहरुलाई क्रमशः नगद सातहजार, पाँचहजार, तीनहजार र एकहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा सञ्चालन गरेको प्रकाश माविले विज्ञान विषयमा विद्यार्थीलाई आर्कषित गर्न आयोजित अन्तरमाविस्तरीय विज्ञान प्रदर्शनीको बेनी नगरपालिकाका शिक्षा अधिकृत क्षेत्रबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो।


प्रतियोगितामा म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका ७ विद्यालयको सहभागिता रहेको थियो ।किताबी ज्ञानलाई व्यवहारमा परिवर्तन गर्न र विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित क्षमतालाई प्रष्फुटन गराउने उद्देश्यसहित विज्ञान प्रदर्शनी आयोजना गरिएको सहायक प्रअ टेक प्रसाद सुबेदीले बताउनुभयो । प्रतियोगितामानिर्णायक मण्डल संयोजक राम प्रसाद सुवेदी रहनुभएको थियो । सोही अवसरमा छैटौं बेनी नगरपालिका स्तरीय राष्ट्रपति शिल्डका पदक प्राप्त गर्ने खेलाडीहरू पुरस्कृत गरिएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालको स्वागत र सहायक प्रअ विनय श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विज्ञान प्रदर्शनीमा सहभागी विद्यालयका विद्यार्थीहरुद्वारा हस्तकलाको प्रयोगमा निर्माण गरिएका सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

Leave a Comment