म्याग्दीको बेनी नगरपालिका-३ मरेकमा डोको बुन्दै स्थानीय अगुवा कृषक पदमबहादुर खत्री । गाउँमा बार्षिक १५ लाखभन्दा बढीको सुन्तला बिक्री गर्ने कृषक खत्रीले सुन्तला बगैंचासँगै फुर्सदमा आफ्नो हातमा रहेको सीप प्रयोग गरी घरमा आवश्यक पर्ने डोको बुन्ने गरेको बताउनुहुन्छ । ग्रामिण क्षेत्रमा घासँदाउरा संकलन सहित अन्य प्रयोजनका लागि डोको, ढालो, थुन्से, भकारीलगायत सामग्री बनाएर बुढापाकाले समय विताउने गर्दछन् । तस्वीर हरिकृष्ण गौतम










