गणेश पोवीसरा स्मृति कोषको आयोजनामा म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँस्थित दिपशिखा माविमा पालिकास्तरीय खेलकुद प्रतियोगितामा दीपशिखा माध्यमिक विद्यालय (निलो) र मंगला माध्यमिक विद्यालय बाबियाचौर फाइनल प्रवेश गरेका छन् ।
बिहिबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा दीपशिखा माभ्यमिक विद्यालय (निलो)ले त्रिभुवन मंगला माध्यमिक विद्यालय र्यालेखोरलाई २-० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने दोस्रो सेमीफाइनल खेलमा मंगला माध्यमिक विद्यालय बाबियाचौरले महेन्द्ररत्न माध्यमिक विद्यालय बरङ्जालाई २-० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो ।

दीपशिखा माध्यमिक विद्यालयको ३२ औँ अभिभावक दिवस तथा ६४ औँ वार्षिकोत्सबको अवसरमा गणेश पोविसरा स्मृति कोषले हरेक वर्ष पालिका स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता गर्दै आएको विद्यालयका प्रधानाध्यापक डा.नन्दबहादुर खत्रीले बताउँनुभयो । सोही अवसरमा पालिकामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान, दीपशिखा माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सम्मान जस्ता कार्यक्रमहरु पनि गर्दै आएको छ ।

प्रतियोगिताको ७६ बर्षिय खड्कबहादुर रोकाले उद्घाटन गर्नुभएको थियो । शिक्षा, स्वास्थ्य लगायत सामाजिक कार्यमा सक्रिय रहेको कोषले खेल प्रतिभाको पहिचानका लागि हरेक बर्ष प्रतियोगिता गर्ने गरिएको कोषका संस्थापक मुक्ती रोकाको भनाई छ ।

समाजसेवी स्वर्गीय गणेशबहादुर र पोविसरा रोकाको स्मृतिमा छोरा मुक्ति रोका र परिवारले दिपशिखा माविमा १० लाखको अक्षय कोष स्थापना गर्नुभएको छ।कुहुँ तुसारेपानी घरभई हाल अष्ट्रिलियामा बस्ने रोकाले स्वर्गीय बुबाआमाको स्मृतिमा स्थापना गरेको कोषमार्फत खेलुकद सहितका शैक्षिक गतिविधिलाई थप सहज बनाउन कोष बृद्धि गरी १० लाख पु¥याएर जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता गरिएको छ ।

पोविसराले कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएपछि श्रीमान बि।स २०६३ सालमा तत्कालिन कुहूँ गाविसका सचिव गणेशबहादुर रोकाले दीपशिखा माविमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक पुरस्कार वितरण सुरु गर्नुभएको थियो । समाजसेवी रोकाको कोरोना संक्रमणको कारण निधन भएपछि कोषको नाम गणेशबहादुर र पोविसरा रोकाको स्मृति नामाकरण गरिएको थियो ।











