---Advertisement---

‘गुर्जाभन्दा माथि गाउँ छैन’

On: December 26, 2025 12:30 PM
Follow Us:

म्याग्दी सदरमुकाम बेनीबाट करिब २६ कोस टाढा रहेको धवलागिरी गाउँपालिका–१ गूर्जा गाउँ । गुर्जा र चुरेन हिमालको फेदीमा पहाडै पहाडको बीचमा रहेको गाउँमा २ सय ८ घरधुरी रहेको छ ।

छन्त्याल समुदायको बाहुल्य रहेको गूर्जामा दलित जातिको समेत बसोबास रहेको छ । कृषि र पशुपालनमा आर्कषित गूर्जा गाउँबाट सबैभन्दा नजिक करिब ७ घण्टाको पैदल यात्रापछि गुर्जा हिमालको बेसक्याम्प पुग्न सकिन्छ  । आधा दशक अगाडी छिमेकी लुलाङ गाउँबाट दिनभरी यात्रा गरेपछि गुर्जा पुगिनेमा अहिले सडक सञ्जालले वडालाई छोएपछि करिब डेढ घण्टाको पैदलयात्रा पछि गुर्जा गाउँ पुग्न सकिन्छ ।

गूर्जालाई चिनाउने एउटा उखान निकै चर्चित छ ।‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ गूर्जा क्षेत्रमा ढोरपाटन सिकार आरक्षको अनुमति लिएर सिकार गर्ने दुई वटा ब्लक छ । म्याग्दीमा आरक्ष क्षेत्रको करिब ४० प्रतिशत भुभाग फैलिएको छ । यहाँ तामाखानी छ, भीरपहरामा भिरमह काट्ने शिकारी पुग्छन् । बनजंगलमा रातो च्याउ पाइन्छ ।

बहुमुल्य धातुमा प्रयोग हुने ढुंगा, यार्सागुम्बा सहितको जडिबुटी प्रसस्तै पाइन्छ । प्राकृतिक सुन्दरता, हिमालको काखमा अवस्थित गूर्जा आसपासका क्षेत्रमा संकटापन्न रेडपाण्डा, जंगली जनावरहरु चितुवा, भालु, नाउर, घोरल, डाँफे, मुनाल लगायतका पन्छीहरुको बासस्थान छ । यहाँ सिद्ध बराह र बराहथान मन्दिरमा बर्षेनी पूजा हुन्छ । हरिकृष्ण गौतम

Leave a Comment