म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजको बर्ष २०२६ का लागि अध्यक्षमा दिनेशकुमार विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । शनिबार जेसीजको सचिवालयमा अध्यक्ष विश्वकर्माको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।
नवनिर्वाचत कार्यसमितिमा निर्वतमान अध्यक्ष विनोद घर्ती क्षेत्री, वरिष्ठ कार्यकारिणी उपाध्यक्ष डेकमायाँ केसी, कानुनी सल्लाहकार सञ्जन श्रेष्ठ, कार्यकारिणी उपाध्यक्ष देबेन्द्र घिमिरे, नविन पौडेल,महासचिव गोकुल सुनुवार, कोषाध्यक्ष प्रतिश श्रेष्ठ,सह–सचिव कपिल बानियाँ,,सह–कोषाध्यक्ष अविशेन श्रेष्ठ, उपाध्यक्षहरुमा दिनेश केसी, सुस्मा खत्री, अरुण रेग्मी, मञ्जुर कटुवाल र प्रकरण निर्देशक सुनिता श्रेष्ठ रहेको म्याग्दी जेसीजले जनाएको छ ।

शाखा अधिवेशनमा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ श्रेष्ठ, निर्वतमान राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री सहित पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ लगायत म्याग्दी जेसीजका पूर्व अध्यक्ष सहित पदाधिकारी र साधारण सदस्यको उपस्थिती रहेको थियो ।

म्याग्दी जेसिजले स्थापनाकालदेखि युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, पर्यटन प्रर्वधन सहित सदस्यको क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।









