नेपाल विद्युत प्राधिकरण, म्याग्दी वितरण केन्द्रको आयोजनामा मैत्रीपूर्ण टी–२० क्रिकेटमा म्याग्दी वितरण केन्द्र विजय भएको छ । शनिबार धौलागिरी क्षेत्रका जिल्लाहरुको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा बेनी वितरण केन्द्र र तातोपानी साना जलविद्युत केन्द्रको टिमले बागलुङ र पर्वत विद्युत प्राधिकरणको टिमलाई १४.३ ओभरमै ४ विकेटको क्षतिमा ९२ रन बनाउँदै खेल ६ विकेटले पराजित गरेको हो ।
शनिबार भएको खेलमा बागलुङ–पर्वत विद्युत कार्यालय टोलीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनको लक्ष्य दिएको थियो। त्यसक्रममा म्याग्दी र तातोपानी समुहले १४.३ ओभरमै ४ विकेटको क्षतिमा ९२ रन बनाउँदै सजिलै विजय भएको हो । टसपछि पहिले ब्याटिङ गरेको बागलुङ–पर्वत टोलीका लागि माधव केसीले २५ रन र शिव भट्टाले १३ रनको योगदान दिए। टेकराज अस्लामीले ३ विकेट झलक धामीले ४, प्रकाश झा र विवेक आचार्य ले समान १÷१ विकेट लिएका थिए ।

म्याग्दी–तातोपानी टोलीका लागि अनिल अर्यालले अविजित २७ रन र टेकराज अस्लामीले २५ र विवेक आचार्यले अबिजित ८ रनको योगदान गरी टिमलाई जित दिलाउन सफल भए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका टेकराज अस्लामीलाई उत्कृष्ट खेलाडी घोषित गरिएको थियो । म्याग्दी–तातोपानी टोलीका लागि अस्लामीले निकै उत्कृष्ट खेल प्रर्दशन गरेका थिए ।
विजेता र उपविजेता समुहलाई नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेशिक कार्यालयका प्रमुख बिक्रम कुमार अमात्य र बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले पुरस्कार वितरण गर्नुभएको थियो । प्रमुख अतिथि अमात्यले मैत्रीपूर्ण खेलमार्फत अन्तर जिल्लामा रहेका कर्मचारी बिचको सम्बन्ध झनै प्रगाढ हुने बताउनुभयो ।









