---Advertisement---

पुस्तक व्यवसायी महासंघ म्याग्दीको १७औं साधारणसभा तथा आठौँ अधिवेशन, अध्यक्षमा पुनः शर्मा

On: December 27, 2025 11:19 PM
Follow Us:

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको शनिवार १७औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । ‘गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच र साङ्गठनिक आधार’ भन्ने नारासहित आयोजित साधारणसभा तथा अधिवेशनले शाखाको नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।


अधिवेशनले पुनः नारायण शर्माको अध्यक्षतामा ११ सदस्यीय जिल्ला शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको महासंघले जनाएको छ । शाखाको उपाध्यक्षमा शान्ति आचार्य पौडेल, सचिवमा ध्रुवराज सुवेदी, कोषाध्यक्षमा नारायण पौडेल र सहसचिवमा रामु रिजाल निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा गोविन्द आचार्य, टिका सेन, पुष्पा गौतम, दुर्गाकुमारी शर्मा, रिता सुवेदी र गीताकुमारी शर्मा आचार्य निर्वाचित हुनुभएको छ ।


वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलले म्याग्दीमा पुस्तक व्यवसायीहरुबीच एकापसको सहकार्य र समन्वय अरु जिल्लाका लागि सिकाइको रुपमा रहेको चर्चा गर्नुभयो । उहाँले अरु जिल्ला भन्दा म्याग्दीको पुस्तक व्यवसायी महासंघ क्रियाशील रहेर गर्दै आइरहेको सहकार्य नमुना र अनुसरणयोग्य रहेकाले महासंघमार्फत व्यवसायीहरुको हकहितको पक्षमा वकालत र पैरवी तथा समयमै विद्यार्थी एवं शैक्षिक संस्थाहरुमा पाठ्यपुस्तकहरु उपलब्ध गराइएको बताउनुभयो ।


म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले पुस्तक व्यवसायी महासंघमा आबद्ध जिल्लाका पुस्तक व्यवसायीहरुको एकता, सहकार्य तथा समन्वयकै कारणले गर्दा समयमै म्याग्दीका दुर्गम तथा विकट स्थानका विद्यालयहरुमा पाठ्यपुस्तक पुग्न सकेकोमा आभार प्रकट गर्नुभयो । उहाँले म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत बस्तुगत संघको रुपमा रहेको पुस्तक व्यवसायी महासंघलाई आवश्यक सहयोग उपलब्ध गर्ने बताउँदै शैक्षिक संस्थामा समयमै पाठ्यपुस्तक पु¥याउने तथा नयाँनयाँ उपन्यासलगायत पुस्तकहरु पनि पाठकहरुको माझमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशको निवर्तमान अध्यक्ष लिलाराम गौतमले आफू अध्यक्ष हुँदा पनि समयमै पाठ्यपुस्तक उपलब्ध गराउन पहल गरिएको भन्दै अहिले पनि त्यस कार्यले निरन्तरता पाएको बताउनुभयो । उहाँले पुस्तक व्यवसायी महासंघको पहलमा जिल्लाबाट एकद्वार प्रणालीमार्फत विद्यालयहरुमा संस्थागत रुपमा पाठ्यपुस्तक उपलब्ध भैरहेको बताउँदै आगामी दिनमा पनि यस कार्यले निरन्तरता पाउने बताउनुभयो । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले म्याग्दीमा पुस्तक व्यवसायीहरुबीचको एकता र सहकार्य अत्यन्त सराह्रनीय तथा सौहार्दपूर्ण रहेको बताउनुभयो ।

साधारणसभाको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु लिलाराम गौतम, ठाकुरप्रसाद शर्मा, मुकुन्दप्रसाद आचार्य, निवर्तमान अध्यक्ष नवराज पौडेल र उत्कृष्ट कार्यसमिति सदस्य गोविन्दप्रसाद आचार्यलाई महासंघको तर्फदेखि दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो । साधारणसभामा महासंघका सचिव ध्रुवराज सुवेदीले प्रगति र कोषाध्यक्ष शान्ति आचार्य पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङ शाखाका अध्यक्ष जीवननाथ शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र बेनी साुमदायिक माविका प्रधानाध्यापक भीमबहादुर घर्तीले मन्तव्य व्यक्त गर्नुभएको साधारणसभाको उद्घाटनसत्र महासंघका अध्यक्ष नारायण शर्माको अध्यक्षता, निवर्तमान अध्यक्ष नवराज पौडेलको स्वागत र सचिव ध्रुवराज सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Comment