---Advertisement---

मृगौला पीडित किसानको उपचारमा अमेरिकबाट ८ लाखभन्दा बढी सहयोग

On: December 29, 2025 6:02 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–१, भर्जुलाका सुसन किसानलाई अमेरिकामा रहेका नेपालीले ८ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपण सहित उपचारमा समस्या भोग्दै आएका यूवा किसानलाई भर्जुला स्थायी घर भई हाल अमेरिकामा रहनुभएका म्याग्दी समाज न्यूर्योकका पूर्व अध्यक्ष समेत रहनुभएका भविन्द्र शेरपुञ्जाको नेतृत्वमा ८ लाख ७ ह जार ८६८ रुपैयाँ सहयोग गरिएको हो।


उक्त सहयोग मंगला शिक्षा क्याम्पसकी सञ्चालक समिति उपाध्यक्ष एवम् समाजसेवी यशुदा रोकामार्फत पीडित किसानलाई हस्तान्तरण गरिएको छ । किसानको अचानक दुबै मृगौलामा खरावी देखिएपछि उपचारको क्रममा मंगला गाउँपालिकाबाट स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाएर उपचारमा सहयोग गरेको यशुदा रोकाको भनाई छ । ’अमेरिकबाट उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद, प्राप्त सहयोगले उपचार अभियानमा राहत मिलेको छ‘ रोकाले भन्नुभयो ।


किसान बिरामी हुनु अगाडी मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको स्वकिय सचिव भएर समेत काम गर्नुभएको थियो । हाल काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारार्थ किसानको मृगौला प्रत्यारोपण सहित नियमित औषधि उपचार सहितका लागि थप खर्चहरु लाग्ने भएकाले सहयोग अभियान जारी रहेको छ । गाउँका सक्रिय यूवा किसानको अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा दुबै मृगौलामा खरावीको जानकारी पाएपछि आर्थिक सहयोग जुटाएको संयोजनकर्ता शेरपुञ्जाको भनाई छ । आर्थिक संकलनकर्ता शेरपुञ्जले यो आर्थिक सहयोग अभियानमा सघाउने सबैलाई समेत दिनुभयो ।

Leave a Comment