तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी लगायत विभिन्न १६ वटा वाम घटकहरु मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले म्याग्दीमा चुनाव लक्षित जनभेटघाट सहित एकता सन्देश लिएर गाउँकेन्द्रित अभियान सुरु गरेको छ ।
म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नाम सिफारिस भएका सम्भावित उमेद्वारहरु सहित नेकपाले गाउँ केन्द्रित अभियान थालेको हो । नेकपाले सोमबार मंगला गाउँपालिका–३ खर्कमा एकता सन्देश सभा र चुनाव केन्द्रित अभियान सुरु गरेको हो । पार्टी एकताको भावन जनस्तरमा पु¥याउने, समसामयिक राजनीतिक परिवेश र पार्टीको नीति, योजना तथा कार्यक्रम, विगतमा सरकारमा रहँदा गरेका जनपक्षीय कामका बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्ने, जनतालाई जानकारी गराउने, नागरिकको गुनासो, सुझाव र अपेक्षा बुझ्ने उद्देश्यले अभियान शुरु गरेको नेकपाका नेता लालु किसानले जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएका अर्जुनबहादुर थापा, कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीसमगर, टेकबहादुर वि.क., दुर्गा कार्की (बानियाँ) सहितको टोलीले अभियान थालेको हो । “बिचार मिल्ने पार्टीहरुको धु्रबीकरण गरि प्राप्त राजनीतिक उपलब्धीको रक्षा र नवयुवा पुस्ताको माग सम्बोधन गर्न सक्ने ब्यवस्थाको उद्देश्य सहित पार्टी एकताको सन्देश जनस्तरमा पु¥याउनुको साथै सम्भावित उमेद्वारहरुलाई जनतामाझ परिचयका लागि अभियानले सहयोग गर्ने अपेक्षा गरेका छौ,” नेकपाका केन्द्रिय सदस्य गोविन्द पौडेलले भन्नुभयो “नागरिकका समस्यालाई नीति मार्फत सम्बोधन गराउन सम्भावित उमेद्वारहरुलाई पनि अभियानमा सहभागि गराएका हौ ।”
विगतमा भएका राजनीतिक उपलब्धी, संविधान र ब्यवस्था बचाउदै जेनजी पुस्ताको आन्दोलनको मर्म र भावना अनुसार देशलाई राजनीतिक निकाश दिन आगामी चुनावमा नेकपाले जित्नुपर्ने नेता अर्जुन थापाले बताउनुभयो । राजनीतिक परिवर्तनको अगुवाई गरेको नेपाली कम्युनिष्ट पार्टीले शुसासनको जगमा देशमा राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्ट्राचारको छानविनका लागि शक्तिशाली आयोग गठन, संबैधानिक निकायहरुलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन योग्यता र क्षमताको आधारमा अवसर दिने प्रणाली विकास गराउने नेकपाको राजनीतिक मुद्दा भएको नेता रेशम जुग्जालीले बताउनुभयो ।
पुर्वमन्त्री समेत रहेका प्रदेशसभा सदस्य जुग्जालीले म्याग्दीमा नेकपाका युवाहरुले अवसर पाएमा जनता र जिल्लाको पक्षमा काम गर्न सक्छन भन्ने पुष्टि भएको बताउदै नयाँ, सक्षम र योग्य उमेद्वारलाई अघि सारिएको बताउनुभयो । नेकपा मंगला गाउँकमिटिका नेता कुलबहादुर पुनको अध्यक्षता, मिलन रोकाको सञ्चालन र शान्ति पुनको स्वागतमा सम्पन्न कार्यक्रममा वृष्द्ध कम्युनिष्ट आयतु रोकालाई सम्मान गरिएको थियो ।











