राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवार सूचीमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये १० जनालाई समावेश गरेको छ।
पार्टीका गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीका अनुसार सूचीमा मुस्ताङबाट जिल्ला सभापति सुरेश गुरुङ, स्याङ्जाबाट भूमिबहादुर गुरुङ र तनहुँबाट मनकाजी श्रेष्ठ, डा. रुपक विक घिमिरे तथा किशोर गन्धर्व रहेका छन्।
यसैगरी, गोरखाबाट एलिजा गुरुङ, कास्कीबाट विष्णुकुमारी गुरुङ र समिउन मुस्लिम, म्याग्दीबाट दिपककुमार बोगटी तथा बागलुङबाट कलाकार प्रकाश सपुतलाई समानुपातिक उम्मेदवारका रूपमा समेटिएको छ।
जिल्लागत रूपमा हेर्दा तनहुँबाट तीन जना र कास्कीबाट दुई जना उम्मेदवार सूचीमा परेका छन्।
यद्यपि, गण्डकी प्रदेशमै संगठनात्मक रूपमा बलियो मानिने पूर्वी नवलपरासीबाट भने यसपटक समानुपातिक सूचीमा कुनै पनि उम्मेदवार अटाउन सकेनन्।













