कसैले जीवनलाई वर्षले गन्छ, कसैले कर्मले । पलवीर जुग्जाली त कर्मले नै उमेर जित्ने व्यक्तित्व हुनुहुन्छ । उमेरले बिस्तारै थकाउँछ भनिन्छ, तर पलवीर जुग्जालीको जीवनले त्यस भनाइलाई चुनौती दिएको छ । जहाँ धेरैको पाइला रोकिँदै जान्छ, तर उहाँको यात्रा अझ अर्थपूर्ण बन्दै गएको देखिन्छ । गाउँ, समाज र साहित्यका लागि उहाँ निरन्तर उर्जाको स्रोतजस्तै हुनुहुन्छ । जहाँ चाहना एवम् इच्छा शक्ति प्रवल हुन्छ, त्यहाँ हजारौँ हजार बहानाहरु पाखा लाग्छन् ।

इच्छाशक्ति त्यो ऊर्जा हो जुन उर्जाले मान्छेको मन मस्तिष्कमा अनौठौ जोश जाँगर भरिदिन्छ । जसले गर्दा मान्छेले कहिलेकाहीँ असम्भव भनिएका कुराहरुलाई पनि सम्भव बनाएका हुन्छन् । इच्छाशक्ति भएका मान्छेहरुसँग लगनशिलता हुन्छ । जब जुनसुकै कार्य लगनपूर्वक गरिन्छ तब त्यस कार्यबाट ढिलोचाँडो सफलता हात लाग्छ । फलस्वरुप एउटा साधारण मान्छे असाधारण बन्दै जान्छ । हाम्रो समाजका यस्तै असाधारण व्यक्तित्व हुन् पलवीर जुग्जाली ।

जसले आफ्नो असी वर्षको उत्तराद्र्धमा पनि उत्तिकै युवा जस्तै जोशिलो, हँसिलो स्फूर्तिसँगै विभिन्न गतिविधिहरुमा सदासर्वदा क्रियाशील रहेर सकारात्मक उर्जा प्रवाह गर्दै अपूर्व उदाहरण बन्नुभएको छ ।उहाँको जन्म पिता तुलप्रसाद जुग्जाली र माता मंगमति जुग्जालीको कोखबाट जेष्ठ पुत्रको रुपमा वि.सं. १९९७ साल असार १० गतेका दिन मालिका गाउँपालिका वडा नं. ७ बिम, उपल्लोगाउँमा भएको हो ।

नवीन जुग्जाली
हुने बिरुवाको चिल्लो पात भनेझैँ उहाँले सानै उमेरदेखि लगनशील, मेहनती एवम् खर्च गर्ने विषयमा मितव्ययिता अपनाउने चलाख प्रवृत्तिका व्यक्ति हुनुहुन्थ्यो । घर परिवारको जेठो छोरो भएकोले घरको दुःख, समस्या र चुनौतिहरुमा उत्तिकै जिम्मेवार भएर कर्तव्य निर्वाह गर्दै आएका जुग्जाली इ.सं. २१–११–१९५८ मा भारतीय सैनिकमा भर्ती भएका जुग्जाली इ.सं. १९८० मा नायब पदमा अवकाश हुनुभएको हो।

सानैदेखि शिक्षाप्रेमी स्वभाव भएका जुग्जालीले आफू सैनिक जीवनमा हुँदै विभिन्न धार्मिक ग्रन्थहरु, राम्राराम्रा पुस्तकहरुको स्वाध्ययन मार्फत् साहित्य ज्ञान हासिल गरी बुद्धि विकास गरेका जुग्जालीले आफ्नो जमानामा धाराप्रवाह भाषण गरेर गाउँका मान्छेहरुलाई मन्त्रमुग्ध बनाउनु हुन्थ्यो ।
साथै बिचबिचमा ठट्यौली गरेर पेट मिचिमिचि हँसाउने हास्यकलामा पनि उत्तिकै अब्बल हुनुहुन्थ्यो । जसले गर्दा उहाँको भाषण मनमोहक भएकोले उहाँको भाषण सुन्ने भनेपछि सबै जना हुरुक्क हुन्थे ।जुग्जालीको यही क्षमता योग्यता भएको कारण वि.सं. २०६४ देखि २०७३ सालसम्म श्री किसानी माध्यमिक विद्यालयका व्यवस्थापन समितिको अध्यक्ष जस्तो गरिमामय पदमा रही कुशल नेतृत्व गर्नु भएको थियो ।
आफ्नो कार्यकालमा आइपरेका ठूलाठूला चुनौती र जिम्मेवारीप्रति रत्तिभर हतोत्साही नभई रचनात्मक ढङ्गगले नेतृत्व गरी शैक्षिक विकासमा उल्लेखनीय योगदान पु¥याउनुभएको थियो । मेहनती, इमान्दार एवम् दानशील स्वभावका जुग्जालीको आफ्नो मेहनत, पसिना, इमान, मात्र नभई शैक्षिक संस्थालाई तीन रोपनी बराबरको जग्गा दान गरी सराहनीय कार्य समेत गर्नुभएको छ ।
यसका साथै धर्मग्रन्थको यथेष्ट अधययन गरेका जुग्जाली धर्म, कर्म, पूजा, प्रार्थना, दानदक्षिणा जस्ता धार्मिक कर्मकाण्डहरुको महत्व र महिमा राम्ररी बुझेका जुग्जालीले श्री किसानी माध्यमिक विद्यालयको प्राङ्गणमा सरस्वतीको मन्दिर, शिवरात्री खोलाको आफ्नै जग्गामा शिवालय मन्दिर, फूलपाती चढाउने बगराज मन्दिर, देउरालीको फूलपाती डाँडामा चण्डी थान र प्रभुचेला धुरीमा स्वर्गद्वारी प्युठानका बालानन्द चैतन्य महाप्रभुका परम चेला कपिलानन्द गिरी महाराजको कुटी स्थापना लगायतका थुप्रै धार्मिक कार्यहरुमा लाखाँैलाख खर्चिएर समाजलाई अतुलनीय योगदान पु¥याउनु भएको छ ।

बहुप्रतिभाका धनी जुग्जालीका साहित्य लेखन पनि निकै उत्कृष्ट छ । फलस्वरुप उहाँले बदला, जिउँदो आत्मा, बिम गाउँको स्मृति, गाउँको नौलो तारा जस्ता थुप्रै कृतिहरु रचना गरी बिम गाउँको साहित्य संसारलाई उजागर गर्नुभएको छ । यसरी साधारण लेखपढ भएका व्यक्तिको यत्रो विघ्न क्षमता हुनु यो आफैमा चमत्कार हो ।

उहाँको यही क्षमताको उच्च मूल्याङ्कन गरी वि.सं. २०८२ साल वैशाख २६ गते शुक्रबारका दिन प्रज्ञा भवन कमलादीमा गोधूलि कला साहित्य प्रतिष्ठानद्वारा गोधूलि सत्यमोहन संस्कृति सम्मान पुरस्कारबाट सम्मानित हुनुभएको हो । वास्तवमा हाम्रो बिम गाउँ सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक, धार्मिक, आध्यात्मिक मात्र नभई साहित्यिक रुपले पनि धनी छ भन्ने कुरा साहित्य प्रतिष्ठानले जुग्जालीलाई उच्च सम्मान गर्नुले पुष्टि गरिरहेको छ ।
यदि पलवीर जुग्जालीले चाहेको भए पोखरा, काठमाडौं जस्तो शहरमा बसाइँसराइ गरी गगनचुम्बी महलमा विलासी एवम् आलीशानको जीवन बिताउन सक्ने प्रशस्त आर्थिक हैसियत थियो । तर त्यसो गर्नुभएन ।
बरु गाउँमै बसी आफ्नो जीवनशैलीद्वारा अव्यक्त शिक्षण, प्रशिक्षण, प्रेरणा दिने काम गरेर समाजको प्रेरणादायी बन्नुभएको छ । पल+वीर = अर्थ पल प्रतिपल समय खेर नफाली आफ्नो कार्यमा सदा तत्पर रहिरहने । तत्पश्चात् मात्र नायक बन्न सकिन्छ । वीरको अर्थ बहादुर, साहस, आँट, हिम्मत । यसर्थ नाम अनुसारको आफ्नो कर्मले सार्थक जीवनको उचाईमा पुग्नुभएको छ । उहाँको साहित्य कलमको अगाडि हाम्रा शैक्षिक प्रमाणपत्रहरु निरीह छन् साथै लज्जित देखिन्छन् ।
मालिका गाउँपालिका –७, बिम, म्याग्दी










